भरतपुर । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना मातृशोकमा पर्नुभएको छ ।
Advertisement
ढुङ्गानाकी ८२ वर्षीया आमा पार्वती ढुङ्गानाको निधनसँगै उहाँ शोकमा पर्नुभएको हो ।
बागलुङ जिल्ला बरेङ गाउँपालिका–९ लुग्रुङबाट बसाइँ सरी चितवन जिल्ला भरतपुर–९ दुर्गाटोलमा बस्दै आउनुभएका आमा पार्वतीको २०८१ पुस २९ गते साँझ ७ बजे फोक्सोसम्बन्धी भरतपुर अस्पतालमा निधन भएको थियो ।
उहाँको दाहसंस्कार माघ १ गतेका दिन नारायणी नदीको देवघाटधाममा गरिएको छ ।
स्मृतिशेष पार्वतीको पार्थिक शरीरमा राजमो केन्द्रीय सदस्य डम्बर पुरी र राजमो चितवनका अध्यक्ष अमर क्षेत्रीले राजमोको झन्डा ओढाउनुभएको थियो ।
दाहसंस्कारअघि राजमो नेता विष्णु पौडेलले आमा पार्वतीको जीवनी र शोक समवेदनना पढेर सुनाउनुभएको थियो ।
