• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

गणतन्त्र जोगाऊँ तर सङ्घीयता खारेज गरौँ : केसी


  •   आइतबार, पुष २८, २०८१ मा प्रकाशित
  • परासी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले गणतन्त्र जोगाउनुपर्ने तर सङ्घीयता खारेज गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

    Advertisement

    २०८१ पुस २७ गते शनिबार सुनवलमा राजमो नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) द्वारा आयोजित प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    गमलामा पानी हालेर प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेपछि प्र्रशिक्षण दिँदै उहाँले गणतन्त्र नेपाली जनताको माग भएको तर सङ्घीयता विदेशीको इसारामा ल्याइएको बताउनुभयो ।

    ‘तपाईंहरूलाई थाहा छ त, गणतन्त्रका लागि नेपाली जनताले कति लामो समय समयदेखि सङ्घर्ष गरिराखेका थिए’ उहाँले भन्नुभयो– ॅत्यही कुरा सङ्घीयताको विषयमा सत्य होइन । सङ्घीयता त विदेशीको इसारमा नेपालमा जबर्जस्ती घुसाइएको हो ।’

    उहाँले सङ्घीयता स्वीकार गरेका दलहरूले यस खालको अभिव्यक्ति बेलाबखत् दिने गरेको स्पष्ट पार्नुभयो ।

    ‘अब तपाईंहरूले सुनिराख्नुभएको छ नि, सङ्घीयता स्वीकारेका काङ्ग्रेस, एमालेका नेताकार्यकर्ताले भन्ने गरेका छन्, सङ्घीयतालाई यो मनले पटक्कै चित्त पारेको छैन तर के गर्ने ? पार्टीले मानेपछि मान्नुपर्ने’ अध्यक्ष केसीले सङ्घीयतासम्बन्धी प्रतिक्रिया उद्धृत गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘यस्तो कुरा गरेको किन हो भन्दा सङ्घीयता ती पार्टीका नेताकार्यकर्तामाझ छलफल गरेर ल्याइएको होइन बरु विदेशीले षड्यन्त्रमूलक ढङ्गले नेपालमा लादेका हुन् ।’

    अध्यक्ष केसीले जनताको भावनाअनुरूप राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि ३० गतेसम्म एकहप्ते काठमाडौँकेन्द्रित सङ्घीयता खारेजीको आन्दोलन सञ्चालन गर्न लागिरहेको बताउनुभयो ।

    उहाँले सो कार्यक्रम सफल पार्न सम्पूर्ण नेताकार्यकर्ताले स्थानीयस्तरबाट तयारी गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    सम्बोधनको क्रममा सङ्घीयता र एमसिसीजस्ता क्रियाकलापले देशको राष्ट्रियता खतरामा परेको धारणा पनि उहाँले राख्नुभयो ।

    उहाँले राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि नेपाली जनता सङ्घर्षमा उत्रिनुपर्ने बताउनुभयो ।

    प्रशिक्षण दिने क्रममा उहाँले गणतन्त्र ल्याउन सङ्घर्ष गर्ने राजनीतिक दलहरूले भ्रष्टाचारलाई संरक्षण गरेकै कारण आज गणतन्त्र र राष्ट्रियता सङ्कटमा पारेको बनाउनुभयो ।

    उहाँले मुलुक बन्न आम जनता सचेत भएर राजनीतिमा सहभागी हुनुपर्ने धारणासमेत व्यक्त गर्नुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार बद्रे आलम र नेपाल कम्युनिस्ट पार्टी (मसाल) नवलपरासीका प्रवक्ता रेम रानाले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा राजमो लुम्बिनी प्रदेश समितिका सदस्य तिलकप्रसाद सुवेदीले जिल्लास्तरीय सङ्घर्षका कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    राजमो नवलपरासी अध्यक्ष किसनबहादुर अधिकारीको अध्यक्षता तथा जिल्ला सचिव ढुण्डिराज पोख्रेलको सञ्चालनमा अघि बढेको सा कार्यक्रममा उपस्थित सहभागीलाई जिल्ला उपाध्यक्ष राजेन्द्र अर्यालले स्वागत गर्नुभएको थियो ।

    आइतबार, पुष २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.