• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बालविवाह घटाउन बाँकेका युवा सक्रिय


  •   बुधबार, पुष २४, २०८१ मा प्रकाशित
  • राँझा (बाँके) । विशेष गरी मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई न्यूनीकरण गर्न नेपालगञ्जका युवा सक्रिय हुन थालेका छन् । जिल्लास्थित समृद्धि फाउण्डेशन नेपालले मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई युवाको सहभागिता र पहलमार्फत न्यूनीकरण गर्न नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा युवाक्लब गठन गर्ने अभियान सञ्चालन गरेको हो ।

    Advertisement

    अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग र द एसिया फाउन्डेशन मुख्य कार्यान्वयन संस्था रहेको युएसएआइडी नागरिक समाज तथा सञ्चार कार्यक्रमअन्तर्गत राष्ट्रिय युवा परिषद्ले जारी गरेको युवाक्लब गठन कार्यविधि, २०७५ अनुसार १६ देखि २४ वर्ष उमेर समूहका युवालाई समावेश गरी वडास्तरीय युवाक्लब गठन भइरहेको समृद्धि फाउण्डेशन नेपालका कार्यक्रम संयोजक शकील अहमद खानले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका १३ वडामा युवाक्लब गठन गरिसकिएको छ भने अन्य वडामा पनि क्लब गठनको तयारी भइरहेको छ । बालविवाह, दाइजो प्रथा र सामाजिक रूपमा हानि गर्ने अभ्यास न्यूनीकरणका लागि युवाको सङ्गठन निर्माण गरी सामुदायिक गतिविधिमा सहभागिता वृद्धि गराउने र स्थानीय युवाबीच बलियो सामुदायिक सम्बन्ध स्थापना गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको कार्यक्रम संयोजक खानले बताउनुभयो । अभियानमार्फतसचेत, सजग र सशक्त युवाको उपलब्धता हुने लक्ष्य राखिएको छ ।

    ‘युवाहरूलाई सशक्तीकरण, सामाजिक एकता प्रवर्द्धन र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्न र सक्रियता बढाउनेतर्फ ध्यान दिन युवाक्लबको गठन गरिएको हो’, कार्यक्रम संयोजक खानले भन्नुभयो, वडास्तरमा युवा क्लबहरूको स्थापनापश्चात् युवाले आफूलाई परेको समस्या अभिव्यक्त गर्न, सीप विकास गर्न र स्थानीय समस्यालाई सम्बोधन गर्न मञ्च प्रदान गर्नुका साथै युवाको नेतृत्व तथा क्षमता विकास र परिचालनमा सहजीकरण हुने आपेक्षा गरिएको छ ।

    स्थानीय तहमा सञ्चालन हुने सरसफाइ, वातावरण संरक्षण, बालअधिकार, मानवअधिकार, महिलाअधिकार, शैक्षिक कार्यक्रम, सामाजिक कुरीतिविरूद्धका सचेतना अभियानमा सक्रियतापूर्वक सहभागी भई कार्यक्रम सफल बनाउन क्लबले सहयोग गर्ने लक्ष्य राखेको छ । प्रत्येक वडामा रहेका १६ देखि २४ वर्ष उमेर समूहका ५० प्रतिशत महिला रहने गरी मधेसी मुस्लिम र पछाडि पारेका सीमान्तकृत समुदायका पत्रकार, खेलाडी, कलाकार र अपाङ्गता भएका युवालाई क्लबमा समावेश गरिने समृद्धि फाउण्डेशनका अध्यक्ष महेश चौधरीले जानकारी दिनुभयो ।

    योजना कार्यान्वयनमा स्थानीय अधिकारी, जनप्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, लक्षित समूह र सामुदायिक संस्थाहरूलाई संलग्न गराउने, वडास्तरीय जनप्रतिनिधि र स्थानीय सरकारलाई युवाक्लब गठनप्रति बढी जवाफदेही हुने अवस्था निर्माण गर्न संस्थाले पहल गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

    बुधबार, पुष २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.