• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘भारतमा नेपालीलाई न क्वारेन्टिन न राहत, आत्महत्याको अवस्थामा पुगिसके’


  •   बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले भारतमा धेरै नेपालीहरु दयनीय अवस्थामा पुगेको बताएको छ । खास गरेर साना अनौपचारिक र असंगठित क्षेत्रमा काम गर्ने नेपालीहरूले धेरै नै कठिनाइको सामना गर्नु परेको उल्लेख गर्दै मसालले ठूलो संख्यामा नेपालीहरूलाई डिप्रेसन हुने र कतिपयले आत्महत्या समेत गरेका जनाएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले बुधबार प्रेसित गर्नुभएको वक्तव्यमा नेपालीहरूलाई सुरुमा राखिएको क्वारेन्टिनबाट पनि जबर्जस्ती र अपमानजनक किसिमले निकालिरहेको उल्लेख गर्नुभएको छ ।

    महामन्त्री सिंहले त्यहाँ रहेका नेपालीहरुको उद्धार गर्न र नेपालमै रोजगार दिने गरी दिर्घकालिन योजना बनाउन पनि सरकारसँग माग गर्नुभएको छ ।

    वक्तव्यको पूर्णपाठः
    ‘भारतस्थित नेपालीहरूको अवस्थाबारे ने.क.पा.(मसाल)ले गम्भीर चिन्ता व्यक्त गर्दछ र उनीहरूको अवस्थाप्रति ध्यान दिन सरकारसित माग गर्दछ ।

    कोरोना भाइरसको सङ्क्रमणपछि भारतस्थित नेपालीहरूको ठूलो सङ्ख्याले अत्यन्त नराम्रो कष्टमय जीवन बिताउनु परिरहेको छ । खास गरेर साना अनौपचारिक र असङ्गठित क्षेत्रमा काम गर्ने नेपालीहरूले धेरै नै कठिनाइहरूको सामना गर्नु परिरहेको छ ।

    कोरोना भाइरसका कारणले ठूलो सङ्ख्यामा नेपालीहरूका रोजगारीहरू समाप्त भए । भारतमा भएका धेरै नेपालीहरूसित आधार कार्ड वा रासन कार्डहरू पनि छैनन् । त्यसप्रकारका प्रमाणहरू नभएका नेपालीहरूलाई सरकारबाट राहत पनि मिल्ने गरेको छैन । त्यसले गर्दा ठूलो सङ्ख्यामा नेपालीहरू बेखर्ची र भोकभोकै भएर बस्नु परेको छ ।

    कतिपय नेपालीहरू परिवार सहित छन् । उनीहरूको खर्च चलाउन पनि धेरै कठिन भइरहेको छ । त्यसप्रकारको स्थितिले गर्दाखेरी ठूलो सङ्ख्यामा नेपालीहरूलाई डिप्रेसन हुने र कतिपयले आत्महत्या समेत गरेका समाचारहरू प्राप्त भइरहेका छन् ।प्रारम्भमा जुन नेपालीहरूलाई क्बारेन्टाइनमा राखिएको थियो, उनीहरूलाई पनि जबर्जस्ती र अपमानजनक किसिमले त्यहाँबाट निकालिदै छ ।

    विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार महामारीको अवस्थामा कुनै विदेशी नागरिक जो जहाँ छ, सम्बन्धित देशको सरकारले उनीहरूको त्यहीँ व्यवस्था गर्नुपर्ने नियम छ । तर भारतमा ठूलो सङ्ख्यामा नेपालीहरूको त्यसरी व्यवस्था भइरहेको छैन ।

    सरकारले अन्य देशहरूका नेपालीहरूलाई वर्गीकरण गरेर प्राथमिकताका आधारमा नेपाल ल्याउने कुरा गरेको सुनिन्छ र विभिन्न देशका राजदुतहरूले त्यसप्रकारको व्यवस्था गर्न नेपाल सरकारलाई प्रतिवेदन पठाएको पनि बताइन्छ । तर भारतमा धेरै नै अप्ठ्यारोमा परेका नेपालीहरूबारे सरकारले कुनै कुरा गरेको पाइन्न ।

    त्यसप्रकारको स्थितिमा नेपालीहरू आफ्नो ठाउँमा बस्न नसकेर कैयौँ दिनसम्म बालबच्चा सहित पैदल हिंडेर नेपालको सिमामा आउने गरेका छन् । अहिले भारतमा विभिन्न स्तरका प्रशासनले नेपालीहरूलाई बढीभन्दा बढी सङ्ख्यामा सिमामा ल्याएर छाड्ने अभियान जस्तै चलाएका छन् । त्यसैले नेपालको सिमामा ठूलो सङ्ख्यामा नेपालीहरूको भिड जम्मा भइरहेको छ ।

    तर त्यहाँ फेरि उनीहरूलाई नेपाल आउन दिइन्न । त्यसप्रकारको बाध्य परिस्थितिमा ठूलो सङ्ख्यामा नेपालीहरू लुकिछिपी गरेर नेपालमा आउने गरेको पनि पाइन्छ । त्यसको परिणामस्वरूप नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेको छ ।

    प्रधानमन्त्री ओलीले संसदमा भारतबाट धेरै नै नेपालीहरू रोक्दारोक्दै पनि नेपाल आएको हुनाले पनि कोरोना भाइरसको सङ्क्रमण बढेको बताएका छन् । तर यहाँ वस्तुस्थिति केही बेग्लै छ ।

    भारतका विभिन्न ठाउँहरूमा अप्ठ्यारो परेका नेपालीहरूलाई व्यवस्थित र बैधानिक प्रकारले नेपालमा ल्याउने व्यवस्था गरेको भए, उनीहरूको स्वास्थ्य परीक्षण गर्ने वाक्बारेन्टाइनमा राख्ने काम गर्न सकिन्थ्यो र त्यो अवस्थामा कोरोना भाइरसको सङ्क्रमणमाथि नियन्त्रण हुन सक्दथ्यो ।

    तर सरकारले व्यवहारिक परिस्थिति र त्यसको गम्भीरतामाथि ध्यान नदिईकन नेपालीहरूलाई सीमामा जबर्जस्तीपूर्वक रोक्न खोज्दा उनीहरू अबैधानिक र अनियमितप्रकारले नेपाल आउन थालेको हुनाले नै कोरोना भाइरसको सङ्क्रमण बढेको हो । त्यसकारण कोरोना भाइरसको सङ्क्रमण बढ्नुका पछाडि मुख्य रूपमा सरकारको गलत नीति नै जिम्मेवार छ र त्यसलाई सुधार्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।

    हाम्रो माग यो छ कि, भारतमा अत्यन्त अप्ठ्यारो स्थितिको सामना गरेका नेपालीहरू तथा सीमामा आएर दुःख पाइरहेका नेपालीहरूलाई वैधानिक र नियमित प्रकारले नेपालमा ल्याउनको लागि सरकारले व्यवस्था गर्नुपर्दछ । उनीहरूलाई नेपालमा ल्याउँदा उनीहरूको परीक्षण र उनीहरूलाई क्बारेन्टाइनमा राख्न समेत समुचित व्यवस्था गर्नु सरकारको दायित्व हो र गर्नुपनि पर्दछ ।

    समस्या भारतस्थित नेपालीहरूको मात्र होइन, कोरोना भाइरसको कारणले मलेसिया, खाडिका देशहरू वा अन्य देशहरूका नेपालीहरू पनि अप्ठ्यारोमा परेका छन् र उनीहरूले नेपाल आउन खोजिरहेका छन् । आफ्नो देशका नागरिकहरूलाई नेपाल आउनबाट अनिश्चित कालसम्मका लागि रोक्न सकिन्न र रोक्न पनि मिल्दैन ।

    तर सरकारले उनीहरूको लागि तात्कालिक रूपमा स्वास्थ्य परीक्षण र क्बारेन्टाइन तथा दीर्घकालीन रूपमा उनीहरूलाई रोजगारी दिने योजना बनाएर काम गर्नुपर्दछ । त्यो अत्यन्त कठिन कार्य हो । तर सरकार यो जिम्मेवारीबाट पन्छिन सक्दैन र पन्छिन पनि हुन्न भन्ने हाम्रो मत छ । ’

    बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.