बागलुङबजार । बागलुङमा प्रगतिशील पत्रकार सङ्घको अठारौँ स्थापना दिवस पत्रकारमाझ मैत्रीपूर्ण फुटसल खेलेर मनाइएको छ ।
२०८१ पुस २२ गतेका दिन बागलुङको रसआवर फुलसल मैदानमा पत्रकारको दुई समूह बनाई फुटसल खेलेर पस्थापना दिवस मनाइएको हो ।
खेलको उद्घाटन प्रगतिशील पत्रकार सङ्घ बागलुङका पूर्व अध्यक्ष रामनारायण सुवेदीले गर्नुभएको थियो ।
सो अवसरमा सङ्क्षिप्त मन्तव्य राख्दै उहाँले पत्रकारबिच आपसी सद्भाव र सहिष्णुता अभिवृद्धिको सन्देश दिन स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण खेल आयोजना गरिएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष राम थापाले पत्रकारबिचको एकतालाई कायम गर्नका लागि यस प्रकारका गतिविधिले महत्त्वपूर्ण अर्थ राख्ने बताउनुभयो ।
कार्यक्रम सङ्घका जिल्ला अध्यक्ष विजय रानाको अध्यक्षता र स्वागत तथा केन्द्रीय सचिव ताराप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रगतिशीलको स्थापना २०६४ पुस २२ गते दाङको भालुबाङमा भएको थियो ।