• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजनीतिमा भ्रष्टाचारले संस्थागत रुप लिएको छ : केसी


  •   सोमबार, पुष २२, २०८१ मा प्रकाशित
  • बुटवल । जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले राजनीतिमा भ्रष्टाचार संस्थागत भएको बताउनुभएको छ ।

    Advertisement

    प्रगतिशील पत्रकार संघको १८औं स्थापना दिवसका अवसरमा बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले राजनीति गर्नु भनेको कमाउनका लागि हो भन्ने प्रवृत्ति हावी भएको बताउनुभयो ।

    ‘देशमा पञ्चायत र राजतन्त्र जनताको त्यागबाटै समाप्त भए। तर, अहिले राजनीतिमा हिनामिना र भ्रष्टाचारले संस्थागत रूप लिएको छ’ केसीले भन्नुभयो, ‘राजनीति गर्ने भनेको देश र जनताका लागि होइन, कसरी छिटो कमाउन सकिन्छ भन्ने प्रवृत्ति हावी भएको छ ।’

    उहाँले प्रदेश व्यवस्था जनताको हितमा नभएको बताउँदै यसलाई खारेज गरी स्थानीय तहलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्र र गणतन्त्रलाई जोगाउनु अहिलेको मुख्य आवश्यकता भएको केसीको भनाई थियो ।

    फरक प्रशंगमा अध्यक्ष केसीले देश ठीकठाक नहुँदा युवाहरूमा विदेश पलायन बढेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेका छन्, तर विदेश जानु मात्र समस्याको समाधान होइन।’

    अध्यक्ष केसीले देश ठीक हुन नेता, जनता र मिडिया तीनै तत्व सही हुनुपर्नेमा जोड दिनुभयो । देशको अवस्था बिग्रिनु र सप्रिनुमा यिनै तीनवटा तत्वहरू निर्णयक हुने उहाँको भनाई थियो ।

    ती तत्वहरू ठीक नभएकोले देशको अवस्था नाजुक बन्दै गएको केसीले बताउनुभयो ।

    ‘देश बिगार्नमा नेताको मात्रै होइन, मिडिया र जनताको पनि हात हुन्छ’ केसीले भन्नुभयो, ‘यि तीनै तत्व ठीक नहुँदा देश बिग्रेको छ ।’

    अध्यक्ष केसीले नेपालमा जनताले सही राजनीतिक दल र नेतालाई चिन्न नसक्दा देश अधोगतीतिर लागेको पनि स्पष्ट पार्नुभयो ।

    पछिल्लो समय नेपाली राजनीतिमा पद र पैसाको लडाइँ भइरहेको बताउँदै ठूला दलहरु भ्रष्टाचारमा लिप्त रहेको उहाँले बताउनुभयो ।

    संघीयता मुलुकको लागि घातक रहेको उल्लेख गर्दै यसलाई खारेज गर्नुपर्ने भन्दै देशले संघीयता धान्न नसक्ने केसीले दोहोर्याउनुभयो । उहाँले ठूला पार्टीलाई अहिले संघीयता घाँडो भइसकेको तर भन्न नसकेको अवस्था रहेको जिकीर गर्नुभयो ।

    अहिले देशकै कार्यकारी प्रधानमन्त्री, राष्ट्र प्रमुख जहाँ गयो त्यहीँ ढुङ्गा हान्ने प्रवृत्ति बढ्दै जानु राम्रो अवस्था नभएको केसीको भनाई थियो।

    प्रगतिशील पत्रकार संघलाई शुभकामना दिँदै केसीले मिडियाले निष्पक्षरुपमा कलम चलाएर गलत प्रवृत्तिलाई खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले देशको समृद्धिका लागि प्रेस जगतले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

    त्यस्तै, प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपाल, प्रेस चौतारीका अध्यक्ष लक्ष्मण पौडेल,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल लगायतले प्रेस स्वतन्त्रताबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    कार्यक्रम प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    सोमबार, पुष २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.