कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १ मा ८१ वर्षीय बहादुर कार्की राजमोमा प्रवेश गरेका छन् ।
Advertisement
पुस २३ गते शुक्लाफाँटा नगरपालिका वडा नं १ मा आयोजित कार्यक्रममा ८१ वर्षीय कार्की, करण विष्ट, शेरसिंह बोहरालगायत राजमोमा प्रवेश गरेका हुन् ।
राजमो कञ्चनपुले संघीयताविरुद्ध काठमाडौं केन्द्रित आन्दोलन तयारीस्वरुप शुक्लाफाँटा १ र १२ को संयुक्त बैठक जिल्ला अध्यक्ष रामबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्ष कार्कीले संघीयता विरुद्धको राजधानी केन्दित आन्दोलनबारे प्रशिक्षण दिनुभएको थियो ।
