• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अन्त्येष्टि क्रियाको सम्बन्धमा सङ्क्षिप्त चर्चा


  •   सोमबार, पुष २२, २०८१ मा प्रकाशित
  • काजीगाउँले श्रेष्ठ ##
    मृतकको अन्त्येष्टि कर्ममध्ये क्रिया (किरिया) एक हो । घरको कुनै व्यक्ति मर्दा घरका मानिसलाई निश्चित समयसम्म कसैसँग छुवाछुत गर्न नहुने स्थितिलाई असौच (आशौच) बारेको भनिन्छ । आशौच कुनै सम्बन्धीको मृत्युबाट उत्पन्न “अपवित्रता” हो । सोह्र संस्कारमध्ये अन्त्येष्टि संस्कार एक संस्कार हो । आशौच धार्मिक काम सम्पादन गर्ने अधिकार नभएको अवस्था हो अर्थात् खाना खानयोग्य नभएको वा नसम्झिएको अवस्था, छुन नहुने अवस्था र दान दिन अधिकार नभएको अवस्थालाई पनि मानिएको छ ।

    Advertisement

    जन्मिँदा उत्पन्न आशौचलाई सूतक भनिन्छ । कुलका मानिस आफ्ना कुलका व्यक्तिको मरणबाट अभिभूत (दुखी एवम् निराश) हुन्छन् । त्यो ब्राह्मण, जसले वेदमाथि अधिकार प्राप्त गरेको छ, उसले आशौच एक दिन बारे मानिएको छ । भनिएको छ : वेदमा अधिकार पाएका तर श्रौताग्निहरू स्थापित नगरेका ब्राह्मणले आशौच तीन दिन बारे पुग्छ । अरूले १० दिन आशौच बार्नुपर्छ । राजा चन्द्रायण ब्रत बस्नेलाई आशौच लाग्दैन । विशिष्ट स्थानको प्रचलित शौचसम्बन्धी नियम एवम् धार्मिक आचरणको अनादर गरिनुहुन्न । आपदग्रस्त समय र स्थानमा आशौचको नियत बलपूर्वक लागु गर्न मिल्दैन । आशौचका चार शुद्धिहरूमा धनसम्बन्धी शुद्धि, मानसिक शुद्धि, शारीरिक शुद्धि एवम् वाणी शुद्धि रहेको बताइन्छ ।

    प्राचीन इजरायलीमा मरेपछि जति अशुद्ध पदार्थहरू हुन्थे, शिविरको बाहिर राखिन्थ्यो र उनीहरूले मृतकलाई कुनै आहुति दिन पाउँदैनथे ।

    सिरियनहरू, जो मृतकका कुलका हुन्थे, उनीहरू ३० दिनसम्म बाहिर रहन्थे र रौँ खौरेर घर प्रवेश गर्थे । वैदिक आर्यका पूर्व पुरुषहरूले यस्तो सम्झे होलान्, जसले मृतकको कपडा छोएको छ या मर्नुअघि मर्नेको लुगा प्रयोग गरेको छ, उसलाई पनि मृतकको रोग (प्लेग, हैजा, बिफर, ज्वरो आदि रोग) लागेको हुन सक्छ । यसकारण त्यस्तो व्यक्तिसँग १० दिन अलग राखिए रोग फैलिने सम्भावना रहँदैन । जस्ले मृतकको शव छोएका थिए, शवलाई घाटसम्म बोकेर लग्थे, ती र त्यससँग सम्बन्धित व्यक्तिहरू अशुद्ध मानिन्थे र तिनीहरूलाई पनि दश दिनसम्म पृथक् राखिन्थ्यो । पछि गएर सबै रोगका कारण भएका मृत्यु वा रोग नलागी मरेकोमा आशौच र छुट्टै राख्ने प्रचलन बस्यो होला ।

    मृत्युको शौचबाट नै बच्चा जन्मे सूतक शौचको भावना उत्पति भयो होला । यस प्रकार मृत्युको शौच १० दिनको व्यवस्था स्मृतिकारहरूले गरे त्यस्तै जन्मेपछिको सूतक बार्ने व्यवस्था गरे ।

    इङ्गल्यान्ड, फ्रान्स आदि युरोपियन देशहरू यहुदी तथा विश्वको अन्य भागको अन्त्यृष्टि कामको विषयमा बेट्र्रम एस पकिलले लेखेका छन्– जहाँ रोगग्रस्त मान्छे रहेको हुन्छ, त्यहाँ कालो कौवा वा कालो पखेटा भएका पन्छी उडेर आई बस्नु मृत्युको सूचना हो, मृतकलाई कब्रमा गाडनुअगाडि शवलाई स्नान गराउने र त्यसमा लेप लगाउने, मरेको व्यक्तिलाई शोक प्रकट गरी रुन पेसेवर महिलालाई ज्याला दिएर बोलाउने, राति शव नगाड्ने, सूतकका कारण रौँ खौरिने, मृतकका लागि कब्रमा मासु र रक्सी राखिदिने, कब्रगाहमा वपतिसमा नभएका बच्चा, आत्महत्या गर्ने, पागल र जातबाट च्यूत गरिएकाको शवलाई गाड्न नदिने ।

    बुद्धको महापरिनिर्वाण (मृत्यु) भएपछि बुद्धका प्रिय शिष्य आनन्दले केही पद्यवाचन गरे । विषयभोगबाट रहित नभएका शिष्यहरू रोए, पृथ्वीमा लडे । अन्य अहर्तहरू दुःखलाई समाल्न सके । भोलिपल्ट आनन्द कुशीनाराका मल्लहरूकहाँ गए । मल्लहरूले शाल वृक्षको कुञ्जमा रहेको बुद्धको शवको प्रार्थना सात दिनसम्म गरे । मल्लहरूले धूप, माला, बाजा, पाँच सय प्रकारका लुगा आदि जम्मा गरे । मल्लले शाल वृक्षको कुञ्जमा रहेको बुद्धको शवप्रार्थना सात दिनसम्म गरे र नाचस्तुति, गायन, माला एवम् सुगन्धले पूजाअर्चना गरेर उनीहरू लुगाद्वारा शवलाई ढाक्दै गरे । साताँै दिनमा भगवान्को शवलाई दक्षिणतर्फ लगियो ।

    किन्तु एक चमत्कारका कारण उनीहरू उत्तरी ढोकाबाट नगरको बिचैबिच भएर शव लिएर गए र पूर्व दिशामा शवलाई राखे† बुद्धको शव नयाँ लुगाले ढाकियो र माथिबाट कपास र उनको चोँगले बाँधिए । फेरि त्यसमाथि नयाँ लुगाले ढाकी बाँधियो । त्यसैगरी लुगा र सूत्रहरू पाँच सयसम्म शरीर ढाकिए । त्यसपछि फलामको भाँडो, जसमा तेल थियो, त्यसमा राखियो । त्यसपछि सबै प्रकाका सुगन्धयुक्त चिता बनाई त्यसमाथि शव राखियो । त्यसपछि महाकस्सप र अन्य पाँच सय बौद्ध आफ्ना परिधान काँधमा मिलाएर उनीहरू बद्धबाहु भएर शिर झुकाएर श्रद्धापूर्वक शवलाई तीनपटक प्रदक्षिणा गरे । त्यसपछि शव जलाइयो, केवल अस्थीहरू बचे । त्यसपछि मगधका राजा अजातशत्रु, वैशालीका लिच्छवी आदिले बुद्धका अवशेषमा आआफ्नो अधिकार जमाउन प्रारम्भ गरे ।

    अवशेष आठ भागमा विभाजित गरियो । त्यसलाई ती भाग प्राप्त भए, त्यसमाथि स्तूप बनाए । मोरियलाई खरानी मात्र प्राप्त भएको थियो ।

    त्यसमा स्तूप बनाए । एक ब्राह्मण द्रोणले अस्थीहरू एकत्र गरिएर राखिएको घडामाथि एक स्तूप बनाए । सम्राट अशोकले बुद्धको अवशेषका सात स्तूप खोदेर त्यसमा पाइएका अवशेषलाई ८४,००० सुन र चाँदीका पत्रमा परिवर्तित गरी सम्पूर्ण भारतमा वितरण गरे । ती अवशेषमाथि ८४,००० स्तूप निर्माण भए ।

    नेपाल उपत्यकाका वासिन्दा आआफ्नो रीतिरिवाजअनुसार आशौच बार्थे । ललितपुरका राजा श्रीनिवास मल्ल, काठमाडौँका नृपेन्द्र मल्ल, भक्तपुरका जितामित्र मल्ल गरी तीन राजाहरूले आठ उपाध्याय, तीन भट्टाचार्थ, दुई चक्रवर्ति, बझाथरका पण्डित ब्राह्मणले बनाएका नियमहरू नेपाल संवत् ७९५ चैत्र शुक्लका दिन जारी गरे । त्यसमा मर्दापर्दा ४५ दिनसम्म क्रिया बस्नु पर्ने, त्यसपछि मृतकको पत्नी र छोरा एक वर्षसम्म सेतो पहिरन लगाई बर्खी बस्ने र आफ्ना पुरेतका विधिअनुसार रीतिथिति मान्नुपर्ने आदिसमेत उल्लेख गरिएका थिए ।

    यदि कसैले यो नियम पालना गर्नुपर्दैन भन्यो वा कसैले पालना गरेन वा नगरेको देखेर पनि समयसीमाभित्र सम्बन्धित सरकारी निकायमा आएर खबर नदिने सबैलाई जनही मोहर १०० ओटा राजदण्ड हुने भनी ताम्रपत्रमा कुदेर पाटन दरबारको मूलचोकमा राखिएको थियो ।

    त्यसका साक्षी प्रत्येक राज्यका महŒवपूर्ण मन्त्रीहरू देविदास, भागिरथ वैद्य र देवाराना थिए ।

    विसं १९९२ मा पहिलोपटक र २०१२ सालमा तेस्रोपटक छापिएको मुलुकी ऐनको चौथो भागमा ७३ नम्बरसम्म आशौच बार्नेको महल रहेको छ । त्यसको ७ नम्बरमा गोर्खा सरकारका रैयतमा आफ्ना बाबुआमा मरेमा अघिदेखि मुण्डन नगर्ने रीत चलिआएका जातले श्री ५ को सरकारको आशौच बार्दा बाबुआमा मरेमा जुन रीतले जुठो बार्ने चलिआएको छ, सोही रीतले सरकारको आशौच बार्नू, बाबुआमा मर्दा मुण्डन नगरी आएका जातले सरकारका आशौचमा पनि मुण्डन गर्नुपर्दैन भन्ने व्यवस्था छ ।

    १९ नम्बरमा अपुताली खाने हकवाला किरिया बस्नुपर्ने, ६ नम्बरअनुसार आशौच नबारे जरिवाना हुने, १७ नम्बरमा पञ्चगव्य खाई गोदान ब्राह्मण भोजन गराई चोखिने कुरा छ । ३५ र ३६ नम्बरमा नारायणबली गरी काजकिरिया गर्ने तर ३९ नम्बरमा मृत्यु खप्टिए के गर्ने ? ४१ नम्बरमा जुठो परेका बखत सूतक परे के गर्ने ? ४४ नम्बरमा जुठो परेको छ भन्ने थाहा पाई पाई खानेलाई सजायको ब्यवस्था छ ।

    ५१ नम्बरमा राजा र मन्त्रीलाई आशौच नलाग्ने कुरा छ । ६१ नम्बरमा वृषोत सर्गको बारेमा छ । ६४ नम्बरमा क्रिया नगर्नेलाई सजायको व्यवस्था गरेको छ । जड्गबहादुर राणाका पालामा बनी नेपालमा ११० वर्षसम्म चलेको मुलुकी ऐनले नेपाललाई हिन्दु जातभातको मुलुक बनाउने काम गर्याे ।

    विसं १९९८ मा दोस्रो विश्वयुद्ध चरम अवस्थामा थियो । राणाहरूले मानिआएका ब्रिटिस इन्डियालाई जनशक्तिको ठुलो आवश्यकता थियो ।

    माथि उल्लेखित उपत्यकाको तीन राजाहरूको फरमानअनुसार ४५ दिन किरिया बस्दा वर्षदिनसम्म बर्खी बार्दा जनशक्तिको आपूर्ति ढिलो हुने हुँदा ब्रिटिस इन्डियाको इच्छाअनुसार १९९८ जेठ १६ गतेदेखि आमाबाबुको मृत्यु भएमा १३ दिनदेखि बढी बर्खी बार्नुनपर्ने विज्ञप्ति श्री ३ जुद्ध शमशेरले जारी गरे ।

    यहाँ उल्लेखित आशौचसम्बन्धी संस्कार ब्राह्मणहरूले आफ्ना लागि बनाएका थिए । उनीहरूको प्रभाव राज्यसत्तामाथि कायम भएपछि आफ्ना संस्कार राज्यशक्ति लगाएर अरूलाई पनि थोपरे । नेपाल संवत् ७९५ का मल्ल राजाहरूका क्रियाबर्खीसम्बन्धी उर्दी, १९१० सालमा जङ्गबहादुरले लागु गरेको मुलुकी ऐनले ब्राह्मणको नीति अरूमा लादेको कुरा बताउँछ । राज्यले चाह्यो भने त्यस्तो संस्कार तलमाथि पार्न सकिने रहेछ भन्ने कुराको उदाहरण १९९८।२।१६ को श्री ३ जुद्ध शमशेरको विज्ञप्ति हो ।

    नेपालमा विविध प्रकारका आस्था बोकेका मान्छे छन् । उत्तरी क्षेत्रका केही मान्छेहरू मृतकको लास टुक्रा टुक्रा पारेर चिल वा गिद्धलाई बोलाई बोलाई खुवाउँछन् । मृतकको लाश केही दिन घरमै राखी आफन्तहरू जम्मा भई भोजभतेर गर्ने प्रचलन पनि छ । रौँ नखोइरिकन तीन दिन, १३ दिन ३ महिना टाउकोमा सेतो कपडा बाधी किरिया बस्ने पनि छन् । डोकाभित्र दिया बालेर ६ दिनसम्म चोखोनिस्ता गरी ब्राह्मण नराखी किरिया उम्काउने चलन पनि छ । शङ्ख बजाउने, सेतो कपडाको बाटो शव अघि अघि हिँडाल्ने, एकोहोरो बाजा बजाई घाटतर्फ लग्ने, चिलिममा आगो बाली लासभन्दा अगाडि हिँडने चलन पनि छ । घाटबाट निस्केपछि बाटो लाउँदा घिउ हातमा दली काँडा नाघी मलामी चोखिने प्रचलन पनि छ । शव घाटमा लैजाँदा मृतकको लुगा, कुँचो, माटोको हाली दोबाटोमा राख्ने चलन पनि छ ।

    प्राचीनकालमा माथि उल्लेखित कुनै रीतिथिति थिएन, जब मानिसहरूले रीतिथिति बनाउँदै, चलाउँदै गरे, रीतिथिति चल्दै बस्दै गयो ।

    सोमबार, पुष २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.