• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अठारौँ स्थापना दिवसको अवसरमा प्रगतिशीलद्वारा प्रेस स्वतन्त्रता रक्षा गर्न आग्रह


  •   सोमबार, पुष २२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले आफ्नो अठारौँ स्थापना दिवसको अवसरमा प्रेस स्वतन्त्रताको रक्षा गर्न आग्रह गरेको छ ।

    Advertisement

    अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८१ पुस २२ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीलले यस्तो माग गरेको हो ।

    प्रेसवक्तव्यमा २०६२–६३ सालको जनआन्दोलनद्वारा देशमा गणतन्त्र र धर्मनिरपेक्षताजस्ता महत्त्वपूर्ण उपलब्धि कायम भए पनि प्रेस स्वतन्त्रता अझै संस्थागत हुन नसकेकोमा चिन्ता व्यक्त गरिएको छ ।

    राज्यपक्षबाटै प्रेस स्वतन्त्रता कुण्ठित हुने गरेको उल्लेख गर्दै वक्तव्यमा त्यसको रक्षाका साथै श्रमजीवी पत्रकार र स्वरोजगारमुखी सञ्चारमाध्यमको प्रवद्र्धन गर्न माग गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “प्रगतिशील पत्रकार सङ्घ, नेपालको स्थापना २०६४ पुस २२ गते दाङको भालुबाङमा भएको थियो । २०८१ पुस २२ गतेदेखि हाम्रो सङ्गठनले सत्रौँ वर्ष पार गरेर अठारौँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको अठारौँ वर्षको यो महत्त्वपूर्ण अवसरमा हाम्रो सङ्गठन नेपाल र संसारभरि प्रेस स्वतन्त्रताको संस्थागत विकास हुने अपेक्षा व्यक्त गर्दछौँ ।

    २०६२–६३ सालको जनआन्दोलनद्वारा हाम्रो देशमा गणतन्त्र र धर्मनिरपेक्षताजस्ता महत्त्वपूर्ण उपलब्धि प्राप्त भएका छन् । यी उपलब्धिलाई २०७२ सालको संविधानले लिपिबद्ध गरेको छ । त्यसपछि २०७४ साल र २०७९ सालमा आम निर्वाचन पनि सम्पन्न भइसकेका छन् । त्यसका बाबजुद देशमा प्रेस स्वतन्त्रताको अवस्था अझै पनि सन्तोषजनक छैन । एकातिर, राज्यपक्षले नै प्रेस जगत्का अधिकार कुण्ठित गर्ने गरेको छ । त्यस क्रममा प्रेस जगत्लाई आफ्नो निहित स्वार्थको पक्षमा साधन बनाउन खोज्ने, गल्ती हुँदा फौजदारी अपराधीलाई जस्तो व्यवहार गर्ने र वेबसाइटमै पहुँच राखेर आफूअनुकूल कन्टेन्ट डिलिट गर्ने जस्ता काम राज्य पक्षमा नै हुने गरेका छन् । अर्कोतर्फ, अझै पनि श्रमजीवी पत्रकार र स्वरोजगारमुखी सञ्चारमाध्यमको हक, हित र अधिकारको ग्यारेन्टी हुन सकिरहेको छैन । अहिले पनि श्रमजीवी पत्रकार, मोफसलका वा स्वरोजगारमुखी सञ्चारमाध्यमले ठुला मिडियाका विरुद्ध आवाज उठाउनु परिरहेको छ ।

    अन्तमा, हामी नेपालको संविधानमा उल्लेख भएअनुसारको प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्न माग गर्दछौँ । त्यसका साथै निर्भयपूर्ण वातावरणमा समाचार लेख्ने र प्रसारण गर्ने वातावरण बनाउन, श्रमजीवी पत्रकारका हक, हित र अधिकारको रक्षा गर्न र देशैभरिका स्वरोजगारमुखी सञ्चारमाध्यमको प्रवद्र्धन गर्न सरकार, स्थानीय तह र प्रशासनसित आग्रह गर्दछौँ ।”

    सोमबार, पुष २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.