• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

भीम रावलको ‘साहसपूर्ण’ कदमको मसालद्वारा स्वागत


  •   शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) कले भीम रावलको नेकपा (एमाले) बाट ‘साहसपूर्ण’ ‘विद्रोह’ लाई स्वागत गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ पुस १९ गते शुक्रबार जारी गरिएको प्रेसवक्तव्यमार्फत पार्टीले यस्तो धारणा व्यक्त गरेको हो ।

    वक्तव्यमा एमालेभित्र ओलीको अलोकतान्त्रिक र अधिनायकवादी कार्यशैलीको विरुद्ध रावलको कदमलाई ‘विद्रोह’ को सङ्ज्ञा दिइएको छ ।

    राष्ट्रियताको सन्दर्भमा रावलको दृष्टिकोण सही र देशभक्तिपूर्ण बताउँदै पार्टीले वक्तव्यमार्फत् प्रतिगमन र साम्राज्यवादको नेपाली राष्ट्रियतामाथिको खतराको सन्दर्भमा पनि उनले सही दृष्टिकोण अपनाउने अपेक्षा गरेको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “एमालेबाट कामरेड भीम रावललाई निष्काशन गरिएको छ र उनले आफ्नो बेग्लै पार्टी बनाउन पहलकदमी सुरु गरेका छन् । उनले आफ्नो पार्टीको दशौँ महाधिवेशनदेखि नै त्यो पार्टीको नेतृत्वको विरोध गर्दै आएका थिए र पछिल्ला दिनमा पनि उनले आफ्नो पार्टीका नीतिको चर्को विरोध गर्दै आएका थिए । त्यस प्रकारको पृष्ठभूमिमा उनीमाथि त्यस प्रकारको कारबाही अप्रत्यासित थिएन । उनले उक्त दशौँ महाधिवेशनदेखि चर्को रूपले उठाउँदै आएको विरोधको स्वरमाथि विचार गर्दा उनीमाथिको कारवाहीलाई निष्काशन भन्नुभन्दा उनको विद्रोह भन्नु नै उपयुक्त हुने छ ।

    कामरेड भीम रावलमाथिको त्यो कारबाही वा विद्रोह जे भए पनि त्यो एमालेभित्र ओलीको अलोकतान्त्रिक र अधिनायकवादी कार्यशैलीको परिणाम हो । उनको त्यही प्रकारको कार्यशैलीको कारणले नै पूर्व माओवादी र एमाले मिलेर बनेको नेकपाको विघटन भएको थियो र माधव नेपाल समूहले एमालेबाट विद्रोह गर्नुपरेको थियो । त्यही प्रकारको स्थितिमा जुनसुकै रूपमा भए पनि भीम रावल पनि एमालेबाट अलग भएका छन् । उनको त्यो साहसपूर्ण कदमलाई हामीले स्वागत गर्दछौँ । त्यसपछि उनी कुन रूपमा अगाडि बढ्ने छन् ? त्यसको आधारमा हामीले उनको मूल्याङ्कन गर्दै जाने छौँ ।

    यो आम रूपमा थाहा भएको कुरा हो कि देशको राजनीति, खास गरेर राष्ट्रियताको प्रश्नमा भीम रावलको दृष्टिकोण पहिलेदेखि नै सही र देशभक्तिपूर्ण रहँदै आएको छ । त्यसका साथै आज देशमा प्रतिगमन र साम्राज्यवादीको राष्ट्रियतामाथिको खतरा पनि धेरै बढेर गएको छ । त्यो अवस्थामा उक्त दुबै विषयमा उनले सही दृष्टिकोण अपनाउने छन् भन्ने हामीले आशा र कामना पनि गर्दछौँ । त्यो दिशामा उनले उठाउने सकारात्मक कदमलाई हामीले समर्थन गर्दै जाने छौँ ।”

    शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने
    नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नति अवधि थप
    अन्डाको होलसेल मूल्य बढ्यो, खुद्रा यथावत्

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • २.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ३.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ४.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ५.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ६.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ७.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    • ८.
      जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.