• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अखिल (छैठौं) ले बुझायो शिक्षामन्त्री भट्टराईलाई दश बुँदे ज्ञापन


  •   बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई दश बुँदे ज्ञापनपत्र बुझाएको छ ।

    Advertisement

    अखिल (छैठौं) का अध्यक्ष सुवाश जिसीको नेतृत्वमा २०८१ पुस १८ गते बिहीबार शिक्षामन्त्रालय सिंहदरबार पुगेको प्रतिनिधिमण्डलले सो ज्ञापनपत्र बुझाएको हो ।

    प्रतिनिधिमण्डलमा केन्द्रीय उपाध्यक्ष विवेक जिसी, महासचिव पुरन पोख्रेल, कोषाध्यक्ष समष्टि बुढा, पूर्व उपाध्यक्ष भीष्म जोशी, केन्द्रीय सदस्यहरू पूजा बेलबासे, मदन भुसाल, पृथ्वी रोका, दिनेश खड्का र काठमाडौँ जिल्ला सदस्य दिवश चापागाईं सहभागी हुनुहुन्थ्यो ।

    ज्ञापनमा निजी शिक्षण संस्थाको खारेजी तथा सरकारी शिक्षण संस्थाभित्रको निजीकरण तथा व्यापारीकरण अविलम्ब बन्द गरिनुपर्ने, प्रत्येक पालिकामा न्यूनतम एउटा विज्ञान सङ्कायसहितको प्लस टू विद्यालय हुनुपर्ने, त्रिभूवन विश्वविद्यालयमा दक्ष, योग्य, कुशल र क्षमतावान् व्यक्तिलाई निश्चित मूल्याङ्कन प्रणालीबाट नियुक्त गरिनुपर्ने, त्रिविको परीक्षा प्रणालीसित सम्बन्धित सबै त्रुटि हटाइनुपर्ने र प्ल टू (कक्षा १२) पास गरेका विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि दिइँदै आएको नो अब्जेक्सन लेटर बन्द गरिनुपर्ने माग गरिएको छ ।

    त्यस्तै, विद्यालय शिक्षा ऐन तुरुन्तै खारेज गरिनुपर्ने, विद्यालयको भौतिक पूर्वाधारको सुधार तथा विकासमा ध्यान दिइनुपर्ने, शिक्षकका क्याटोगरीमा एकरूपताका साथै सेवासुविधा समान बनाइनुपर्ने, बजेटमा न्यूनतम २० प्रतिशत बजेट विनियोजन गरिनुपर्ने र विदेशी निकायको सम्बन्धनसित सम्बन्धित विषयमा नियमन, अनुगमन र नियन्त्रण गरिनुपर्ने माग पनि राखिएको छ ।

    ज्ञापनपत्र बुझ्दै शिक्षामन्त्री भट्टराईले अखिल (छैठौं) लाई धन्यवाद दिनुभएको अध्यक्ष जिसीले जानकारी दिनुभयो ।

    मन्त्री भट्टराईले अखिल (छैठौं) ले निकै मिहिनेत गरेर विद्यार्थीका आधारभूत माग लिएर आएको र आफूलाई यी मागको केन्द्रमा रहेर शिक्षासित सम्बन्धित निर्णय लिन महत्त्वपूर्ण सहयोग मिल्ने बताउनुभएको उहाँले जानकारी दिनुभयो ।

    ‘मन्त्रीज्यूले आफू विद्यार्थीका मागपति सकारात्मक रहेको, कैयौँ माग सम्बोधनको चरणमा रहेको र कतिलाई कानुन निर्माण गरेर सम्बोधन गर्ने बताउनुभयो’ जिसीले मन्त्री भट्टराईलाई उद्धृत गर्नुभयो ।

    बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.