• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

महाकाली सन्धिका चौबीस वर्षः कार्यान्वयनमा भारतको आलटाल


  •   मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
  • शेरबहादुर सिंह, भीमदत्तनगर ।
    नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि भारतीय पक्षले सन्धि कार्यान्वयनमा आलटाल गर्दै आएको छ । सन्धि कार्यान्वयन हुनुपर्नेमा कूटनीतिक तहदेखि जनस्तरबाट पनि आवाज उठ्दै आएको भए पनि कार्यान्वयनमा ढिलासुस्ती गर्दा महाकाली सिँचाइ तेस्रो चरणको नहरमा घाँस पलाउनाका साथै महाकाली पारि दोधारा चादँनीका किसान सिँचाइका लागि नहर आउने आशमै बसेका छन् ।

    Advertisement

    एकीकृत विकाससम्बन्धी गरिएको उक्त सन्धिको धारा (२) को उपधारा (२) ‘क’ मा भारतले टनकपुर बाँधबाट नेपालले पाउने पानी प्रवाहित गर्नका लागि हेड रेगुलेटर र नेपालको सीमासम्म नहर निर्माण गर्नुपर्ने उल्लेख थियो । भारतले केही समयअघि करीब १२ सय मिटर नहर निर्माणको काम शुरु गर्ने सुरसार गरे पनि गति दिएको छैन ।

    यता महाकाली सिँचाइ आयोजना तेस्रो चरण भने १३ किलोमिटर मूल नहर निर्माण गरेर थप १५ किलोमिटर निर्माणाधीन अवस्थामा छ । तेस्रो चरणको काम आर्थिक वर्ष २०६३/६४ देखि भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रबाट थालिएको थियो ।

    मूल नहरको मुहानमै काम नहुँदा नेपाली पक्षले पनि निर्माण भएको १३ किलोमिटर नहरमा पानी ल्याउन सक्ने अवस्था छैन । ‘बनेको नहरबाट शाखा नहर बनाएर केही क्षेत्रफलमा भए पनि सिँचाइ पु-याउनुपर्ने हो’, ब्रह्मदेवका स्थानीय विक्रम नाथले भन्नुभयो, ‘तर यहाँ नहर घाँसले ढाकिने अवस्थामा पुगिसक्दा पनि प्रक्रिया थालेको देखिन्न ।’

    महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक प्रचण्डदेव विष्टले टनकपुर ब्यारेज नजीक नेपाली पक्षलाई सिँचाइका लागि पानी दिन नहर निर्माण अघि बढाएको बताउनुभयो । टनकपुरबाट एक हजार क्युसेक पानी पाउने सहमतिअनुसार कैलालीको मालाखेतीसम्म ३३ हजार हेक्टर जमीनमा सिँचाइ पु-याउने आयोजनाको लक्ष्य रहेको छ ।

    त्यसैगरी सन्धिअनुसार महाकाली नगरपालिका (दोधारा चाँदनी)लाई सिँचाइका लागि दिनुपर्ने पानी दिनसमेत भारतीय पक्ष तयार छैन । ‘पञ्चेश्वर बनेपछि मात्रै दोधारा चाँदनीका लागि पानी दिन्छौँ भन्ने भारतीय पक्षको अनौपचारिक भनाइ छ,’ महाकाली सिँचाइ तेस्रो चरणका निर्देशक विष्टले भन्नुभयो, ‘हामीले भारतलाई विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाएर दिएको पनि सात-आठ वर्ष बितिसक्यो ।’

    सन्धिमा दोधारा चाँदनीलाई तीन हजार पाँच सय हेक्टर क्षेत्रफल सिँचाइका लागि पानी पु-याउनुपर्ने भए पनि भारतीय पक्षको बेवास्ताका भइरहेको छ । ‘सन्धिअनुसार बनबासा पुल नजीकको शारदा नहरबाट भारतले ३५३ क्युसेक पानी दोधारा चाँदनीलाई दिनुपर्ने उल्लेख छ’, विष्टले भन्नुभयो । नेपाली पक्षले केही वर्षअघि दोधारा चाँदनीमा मूल नहर निर्माणका लागि रु साढे चार वर्ष लागत अनुमानसहित डिपिआर तयार गरेर दिएको छ ।

    जलस्रोत विज्ञसहित दुवै देशका सचिवस्तरको संयुक्त बैठकले शारदा नहरबाट पानी दिने विषय छ महिनाभित्र सहमतिबाट टुङ्गो लगाउने निर्णयसमेत गरेका थिए । सो अवधि गत भदौमा (नौ महिनाअघि) सकिएको छ । शारदा नहरदेखि नेपाल–भारत सिमानासम्म करीब एक किलोमिटर नहर भारतले बनाइदिनुपर्ने हो ।

    विसं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पिभी नरसिंह रावबीच महाकाली सन्धि भएको थियो । जिविस पूर्वसभापति ऋषिराज लुम्साली भारतले महाकालीबाट पानी दिनेमा आशङ्का व्यक्त गर्नुहुन्छ । ‘सन्धि गर्दा नै भारतीयले पानी दिँदैनन् भन्ने कुरा सायद हाम्रा नेताहरुलाई पनि थाहा थियो होला ।’ लुम्सालीले भन्नुभयो, ‘२४ वर्ष बित्यो खै त हामीलाई पानी दिएको ?’ उहाँले लामो समयदेखि भारतले संरचना बनाउँछु, पानी दिन्छु भनेर आश्वासन मात्रै दिँदै आएको बताउनुभयो ।

    त्यसैगरी महाकाली नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले दोधारा चाँदनीलाई दिनुपर्ने पानीका विषयमा जनप्रतिनिधिहरुले माथिल्लो निकायसित पनि गुहार माग्दा सुनुवाइ नभएको बताउनुभयो । ‘यहाँ आउने हरेक मन्त्रीदेखि नेतासम्मलाई सिँचाइका लागि भारतले दिनुपर्ने पानीको विषयमा कुरा गर्ने, ज्ञापन बुझाउने काम धेरै ग-यौँ ।

    ‘ उहाँले भन्नुभयो, ‘पञ्चेश्वर बनेपछि मात्रै पानी दिन्छु भन्नु गलत कुरा हो ।’ त्यसैगरी केही वर्षअघि पञ्चेश्वर जलविद्युत् परियोजनाको काम अगाडि बढाउने तयारीका साथै भीमदत्तनगरमा केन्द्रीय कार्यालय स्थापना गरिए पनि अहिले उक्त विषय ओझेलमा परेको छ ।रासस

    मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.