कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकामा अखिल नेपाल किसान महासङ्घ (अप्फा) को नगर समिति गठन भएको छ ।
Advertisement
महासचिव तुलसीराम सापकोटाको प्रमुख आतिथ्यमा २०८१ पुस १६ गते बुधबार आयोजित भेलामाझ सो समिति गठन गरिएको हो ।
समितिको अध्यक्षमा विष्णु गिरी, उपाध्यक्षमा प्रेमकुमारी थापा, सचिवमा लोकबहादुर पुन, कोषाध्यक्षमा बिना बसेल तथा सदस्यमा श्यामबहादुर पुन, सरस्वती झेडीमगर, देउमाया आले, आरती गिरी र अनिश राना रहनुभएको छ ।
भेलामा नेकपा (मसाल) नवलपुरका प्रवक्तासमेत रहनुभएका अप्फा नवलपुरका कोषाध्यक्ष चन्द्र सापकोटाको पनि उपस्थिति रहेको थियो ।
भेलामा नवलपुरका अव्यवस्थित किसानको व्यवस्थापनका लागि सङ्घर्ष गर्ने निर्णय गरिएको नगर समितिका अध्यक्ष गिरीले युगदर्शनलाई जानकारी दिनुभयो ।
