• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

आर्थिक अभावले बागलुङकाे निसीभूजी जनता क्याम्पस सञ्चालनमा समस्या


  •   आइतबार, पुष १४, २०८१ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । जिल्लाको ढोरपाटन नगरपालिका–१ खप्तरीबाङस्थित निसीभूजी जनता क्याम्पस सञ्चालनमा समस्या भएको छ । पश्चिम बागलुङको एक मात्र क्यापसका रूपमा रहेको निसीभूजी आर्थिक अभावका कारण सञ्चालनमा समस्या भएको हो ।

    Advertisement

    दूरदराजका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले विसं २०४८ मा स्थापना भएको क्याम्पसको आन्तरिक स्रोत कम हुनु, सरकारी निकायबाट सहयोग नहुनु, जनशक्ति व्यवस्थामा खर्च हुनुलगायत कारणले सञ्चालनमा समस्या भएको क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले बताउनुभयो ।

    क्याम्पस सञ्चालनका लागि मासिक रु चार लाख खर्च हुने भन्दै आम्दानी न्यून हुँदा खर्च व्यवस्थापनमा समस्या भइरहेको उहाँको भनाइ छ । प्रमुख आचार्यले क्याम्पसको आम्दानी विद्यार्थीबाट उठाउने शुल्क मात्र रहेको बताउँदै अहिलेसम्म सरकारी निकायबाट कुनै पनि सहयोग प्राप्त नभएको उहाँले गुनासो गर्नुभयो ।

    अहिले क्याम्पसमा शिक्षा, समाज शास्त्र र व्यवस्थापन सङ्कायमा गरी एक सय १९ विद्यार्थी अध्ययनरत रहेका जनाउँदै प्रमुख आचार्यले विद्यार्थीबाट उठाउने शुल्कबाहेक आम्दानीको कुनै स्रोत नभएको उल्लेख गर्नुभयो । हाल आंशिक शिक्षक २२ र पूर्णकालीन दुई जना गरी २४ जना प्राध्यापक कार्यरत रहेका छन् ।

    शिक्षकलाई तलब दिन समस्या हुँदै आएको क्याम्पस प्रमुख आचार्यले बताउनुभयो । क्याम्पसको मासिक मासिक खर्च रु चार लाख ५० हजार हुने गरेको भन्दै आम्दानी रु दुई लाख रहेको उहाँले जानकारी दिनुभयो ।

    क्याम्पस प्रमुख आचार्यले भन्नुभयो, ‘यहाँ पढ्न आउने विद्यार्थीको सङ्ख्या उल्लेख्य छ, तर सञ्चालन खर्च व्यवस्थापन गर्न र शिक्षकलाई तलब खुवाउन निकै गाह्रो भइरहेको छ । यस क्षेत्रको एक मात्र सामुदायिक क्याम्पस भएकाले समुदायसँग सहयोग लिएर अहिलेसम्म सञ्चालन गरिरहेका छौँ ।’

    क्याम्पस सञ्चालक समितिका सदस्य तारानाथ पौडेलले सरकारले दरबन्दी व्यवस्थापन गर्न सके केही मात्रामा समस्या समाधान हुने बताउनुभयो । क्याम्पस सञ्चालन गन आवश्यक मापदण्डभन्दा बढी विद्यार्थी भए पनि प्राध्यापकको दरबन्दी कम रहेको उहाँले उल्लेख गर्नुभयो । पूर्णकालीन सात जना दरबन्दीसहितको प्राध्यापक हुनुपर्ने जनाउँदै दुई जना मात्रै रहेको पौडेलले बताउनुभयो ।

    गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवर यसलाई आङ्गिक क्याम्पसका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । क्याम्पसको शैक्षिक गुणस्तर बढाउन र प्राविधिक शिक्षा सञ्चालन गरी भौतिक संरचना निर्माण गर्न प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराइरहेको उहाँले जानकारी दिनुभयो । क्याम्पस न्यून वर्गका विद्यार्थीले मात्रै पढ्ने थलो बनेको भन्दै अब यहाँ सबैको आकर्षण बढ्ने खालको बनाउन जरुरी रहेको कुँवरले बताउनुभयो ।

    आइतबार, पुष १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.