• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा रशिला र प्रिन्सको जोडीलाई काँश्य पदक


  •   बुधबार, पुष १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपालका प्रिन्स दाहाल र रशिला महर्जनको जोडी नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जअन्तर्गत मिक्स डबल्सको सेमिफाइनलमा पराजित भएका छन्।

    Advertisement

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा प्रिन्स र रशिलाको जोडी पराजित भएसँगै नेपाल काँस्य पदकमा नै सीमित भयो। नेपाल नम्बर एकको जोडी सेमिफाइनलमा थाइल्यान्डका नोन्ताकोर्न थोङ अन र कोड्चापोर्न चाइचानाको जोडीसँग २१–१५, २१–१७ को सोझो सेटमा नै पराजित भए।

    यससँगै घरेलु कोर्टमा जारी च्यालेन्जमा नेपालको चुनौती समाप्त भएको छ। नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टनमा घरेलु टोलीबाट ९ पुरुष र सात महिला खेलाडीले कुल पाँच विधामा चुनौती प्रश्तुत गरेका थिए। त्यसमध्ये मिक्स डबल्समा कांस्यबाहक नेपाल पदकविहीन बन्यो।

    यसअघि यसै विधामा क्वार्टरफाइनलमा नेपालकै प्रतिद्वन्द्वीबीच प्रतिष्पर्धा हुने तय भएपछि मंगलबार नै घरेलु टोलीको काँस्य पदक पक्का भएको हो। प्रिन्स र रशिलाको जोडीले बुधवार नै घरेलु प्रतिद्वन्द्वी क्षितिज खनाल र शोभा गौचनको जोडीलाई २१–११ र २१–१२ ले सहजै हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन्। तर, सेमिफाइनलमा भने प्रिन्स र रशिलाको जोडी थाइल्यान्डको प्रतिद्वन्द्वीसँग पराजित हुन पुगे।

    मिक्स डबल्समा मलेसियाका लाउ यी सेङ र याप रुइ चेनको जोडीले पनि फाइनलमा स्थान बनाए। यो जोडीले सेमिफाइनलमा भारतका हेमानागेन्द्र बाबु थानड्राङ्गी र श्रीललिता सुप्रिया यल्लाप्रागाडाको जोडीलाई २१–१०, २१–९ ले हराएका हुन्।

    महिला एकलमा भारतकी इरा शर्मा र थाइल्यान्डकी ललिनरात चाइवानबीच उपाधि भिडन्त हुने भएको छ। ईराले सेमिफाइनलमा थाइल्याण्डकी तिदापोर्न क्लिबिसुनलाई १५–२१, २५–२३, २१–१५ र ललिनरातले अमेरिकाकी इसिका जैसवाललाई २१–१४, २१–१७ ले हराएका हुन्।

    नेपाल ब्याडमिन्टन संघको आयोजनामा जारी च्यालेन्जमा नेपालसहित भारत, अमेरिका, थाइल्यान्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेसिया, इन्डोनेसिया, ईरान, ईटाली, संयुक्त अरब इमिरेट्स (युएई), जाम्बिया, युगान्डा, इङ्ल्यान्ड, न्युजिल्यान्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन र जापानका कुल एक सय ७४ खेलाडीले यस च्यालेन्जमा प्रतिष्पर्धा गरिरहेका छन्।

    च्यालेन्जमा पुरुष÷महिला एकल तथा युगल र मिक्स युगल गरी पाँच विधामा प्रतिस्पर्धा भैरहेको छ। कुल १५ हजार अमेरिकी डलरको पुरस्कार राशि रहेको च्यालेन्जका विजेता, उपविजेता, सेमिफाइनलिस्ट र क्वार्टरफाइनलिस्टले क्रमशः १२ सय डलर, ७२० डलर, ६ सय डलर र ४८० डलर प्राप्त पाउनेछन्। च्यालेन्जलगत्तै आगामी पुष १२ देखि १४ गतेसम्म नेपाल जुनियर अन्तर्राष्ट्रिय सिरिज २०२४ आयोजना हुँदै छ।

    जुनियरमा पनि आयोजक नेपालसहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, ईरान र युएईका कुल एक सय सात खेलाडीले प्रतिष्पर्धा गर्नेछन्। नेपालबाट जुनियरमा ८ पुरुष र ८ महिला खेलाडीको प्रतिस्पर्धा हुँदैछ। सिरिजमा पुरुष/महिला एकल तथा युगल र मिक्स युगल गरी पाँच विधामा प्रतिष्पर्धा हुनेछन्।

    बुधबार, पुष १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.