काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि कब्जा गरेको छ।
Advertisement
रोमाञ्चक फाइनल भिडन्तमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको बलियो चुनौती जनकपुरले ४ बलअगावै ५ विकेट क्षतिमा पन्छायो।
२०औँ ओभरको दोस्रो बलमा मयन यादवले २ रन लिएसँगै जनकपुरका खेलाडीले विजयोत्सव मनाए।
दीपेन्द्रले जिते कार
सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिगमा कार जितेका छन्।
उनले प्रतियोगितामा ९ खेलमा २२७ रन बनाए। टी२० क्रिकेटमा विश्वका नम्बर २ अलराउन्डर उनले ९ विकेट लिए।
सारडा समूहले एनपीएलकै उत्कृष्ट हुने नेपाली खेलाडीलाई ओमोडा ई५ कार दिने घोषणा गरेको थियो। उक्त कार दीपेन्द्रले पाउने भएका हुन्।
एनपीएलमा पनि दीपेन्द्र नेपालको तेस्रो बढी रन बनाउने खेलाडी हुन्।
दीपेन्द्रले ९ खेलमा २२७ रन बनाएका थिए।