• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कास्कीमा पुस ५ देखि हस्ताक्षर संकलन अभियान


  •   बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
  • पोखरा । प्यालेस्टाइनीमाथि इजरायल सरकारले गरिरहेको आक्रमणविरुद्ध कास्कीका राजनीतिक दलहरूले हस्ताक्षर संकलन गर्ने तयारी गरेका छन् ।

    Advertisement

    बुधबार (पुस ३ गते) बसेको राष्ट्रिय जनमोर्चासहितका ६ वटा राजनीतिक दलहरूको बैठकले पुस ५ गतेबाट जिल्लामा हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो ।

    केन्द्रमा सुरु हस्ताक्षर संकलन अभियान हाल विभिन्न जिल्ला तथा प्रदेशहरूमा जारी छ ।

    ‘पुस ५ गते दिउँसो १ बजे, लखनचोक (पृथ्वीचोक) मा र पुस ७ गते बिहान ८ बजे पृथ्वीनारायण क्याम्पस गेट बगरमा प्यालेस्टाइनी जनताको सार्वभौम अधिकारको पक्षमा ऐक्यबद्धता जाहेर गर्दै इजरायलले गरिरहेको सशस्त्र आक्रमण विरुद्ध हस्ताक्षर संकलन अभियान सञ्चालन गर्न गइरहेको जानकारी गराउँदछौँ’ ६ दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    यस्तो छ प्रेस विज्ञप्ति
    विगत लामो समयदेखि ईजरायलले प्यालेस्टाइनमाथी जारी राखेको मानवता विरोधी सशस्त्र आक्रमण प्रति कास्कीमा क्रियाशील हामी ६ वटा राजनैतिक दलहरूको गम्भीर ध्यानाकर्षण भएको छ । यस आक्रमणले प्यालेस्टाइनी जनताको बाँच्न पाउने आधारभूत अधिकारको गम्भीर उल्लंघन भएको छ । प्यालेस्टाइनी भूमि अतिक्रमण गर्ने, निहत्था जनतामाथि मिसाइल गोलाबारुद लगायत घातक हतियार प्रहार गरी हत्या गर्ने, स्कुल तथा अस्पतालहरूमा निर्लज्ज आक्रमण गरी जनसंहार गर्ने इजरायली आक्रमण २१ औ शताब्दीको सभ्य समाजका लागि अस्वीकार्य रहेको हाम्रो ठहर छ ।

    संसारका जुनसुकै भूगोल, समुदाय वा वर्गका मानिसहरू किन नहोउन्, उनीहरूमा शान्तिपूर्वक बाँच्न पाउने, आफ्नो धर्म, पेसा र व्यवसाय अङ्गाल्न पाउने, शिक्षा र स्वास्थ्य सेवाको निर्बाध हक भोग गर्न पाउने लगायत अधिकार रहन्छ । पछिल्लो समय इजरायलले प्यालेस्टाइनी जनता माथि अत्यन्त हेपाहा र अधिनायकवादी कदम चालिरहेको छ । यो आक्रमण मानव अधिकारको न्यूनतम मूल्य र मान्यतालाई अस्वीकार गर्ने प्रकारले सञ्चालित छ । हामी प्यालेस्टाइनी जनताको हत्यामा परिचालित घातक हतियार उपलब्ध गराउने सहयोगी राष्ट्रहरू समक्ष हतियार आपूर्ति बन्द गर्न र प्यालेस्टाइन माथिको निर्मम आक्रमण विनाशर्त रोक्न इजरायल समक्ष जोडदार माग गर्दछौँ ।

    यसै सन्दर्भमा मिति २०८१ पौष ५ गते दिउँसो १ बजे, लखनचोक (पृथ्वीचोक) मा र पौष ७ गते बिहान ८ बजे पृथ्वीनारायण क्याम्पस गेट बगरमा प्यालेस्टाइनी जनताको सार्वभौम अधिकारको पक्षमा ऐक्यबद्धता जाहेर गर्दै इजरायलले गरिरहेको सशस्त्र आक्रमण विरुद्ध हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गर्न गइरहेको जानकारी गराउँदछौँ । उक्त अभियानमा सरिक भइदिनु हुन सम्पूर्ण राजनैतिक दलका नेता तथा कार्यकर्ताहरू, युवा विद्यार्थी, पेसा व्यवसायी, मानवअधिकारकर्मी, सञ्चारकर्मी लगायत न्यायप्रेमी आमजनसमुदायमा प्यालेस्टाइनमाथी इजरायली जनसंहार विरुद्ध संयुक्त अभियान कास्की हार्दिक अपिल गर्दछ ।

    पूर्ण लामा, उपाध्यक्ष, नेकपा (एकीकृत समाजवादी) कास्की
    विश्वप्रकाश लामिछाने, संयोजक, नेकपा (माओवादी केन्द्र) कास्की
    सोममाय सी, प्रतिनिधि नेकपा, कास्की
    बिष्णु पुरी सचिव, राष्ट्रिय जनमोर्चा, कास्की
    विक्रम थापा, सेक्रेटरी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, कास्की
    किरण थापा, प्रतिनिधि, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), कास्की
    मितिः २०८१ पुस ३ गते

    बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.