काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घका गोविन्द शर्मा र चेतनारायण बेलवासे (लक्ष्मण) नेपाल पत्रकार महासङ्घ काठमाडौँमा निर्वाचित हुनुभएको छ ।
Advertisement
२०८१ मङ्सिर ३० गते आइतबार महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा सो घोषणा भएको हो ।
निर्वाचन मण्डलका अनुसार गोविन्द शर्माले २९२ र चेतनारायण बेलवासेले २९६ मत प्राप्त गर्नुभएको छ ।
शर्मा प्रगतिशीलको वागमती प्रदेश समितिका सदस्य हुनुहुन्छ, भने बेलवासे प्रगतिशील काठमाडौँको सचिव हुनुहुन्छ ।
प्रगतिशीलकै वैरागी जेठा (घनश्याम अधिकारी) ५६८ मत लिएर हिँजो नै उपत्यका प्रदेशको सदस्यमा निर्वाचित हुनुभएको हो ।