तौलिहवा । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ को मैनारगाउँमा राष्ट्रिय जनमोर्चाको गाउँ भेला सम्पन्न भएको छ ।
राजमो कपिलवस्तुका सचिव केरसिंह अदै उपस्थिति र श्यामलाल थारूको अध्यक्षतामा २०८१ मङ्सिर २९ गते शुक्रबार उक्त भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै अदैले थारू जातिलाई ठुला दलले भोट बैङ्कको रूपमा प्रयोग गर्दै आएको बताए ।
राजनीतिक चेतनाको कमीले गर्दा उनीहरूले फाइदा उठाउँदै आएको उहाँको धारणा थियो ।
अध्यक्षमा थारू
भेलाले राजमोको मैनार बुलकिया गाउँ कमिटी गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सकराम थारू, सचिवमा दुर्गेश थारू, कोषाध्यक्षमा गुरिया थारू तथा सदस्यमा चिनकी थारू, कुच्चिकुमारी थारू, तीर्थ थारू, कटेश्वरी थारू र मनबस्या थारू रहनुभएको छ ।
भेलाले जग्गुप्रसाद थारूलाई सल्लाहकारमा चयन गरेको छ ।
राजमो खरेन्द्रपुर गाउँ कमिटी अध्यक्षमा रामदेव कुर्मीले शुभकामना दिनुभएको उक्त कार्यक्रमको सञ्चालन दुर्गेश थारूले गर्नु भएको थियो ।
