काठमाडौँ । आज नेपाल पत्रकार महासङ्घको मतदान हुँदै छ ।
महासङ्घको सत्ताइसौँ महाधिवेशनसँग सम्बन्धित रहेर आज मङ्सिर २८ गते मतदान हुन लागेको हो ।
मतदान तीनै तहको जिल्लाबाट हुने छ । मतदाताले एकैपटक तीनै तहका उम्मेदवारलाई मत दिने छन् ।
महाससङ्घ निर्वाचनमा एकातर्फ रमेश विष्टको नेतृत्वमा वाम–लोकतान्त्रिक तथा स्वतन्त्र उम्मेदवारको प्यानल तथा अर्कोतिर प्रेस चौतारी र प्रेस युनियनको निर्मला अधिकारी प्यालन मैदानमा छ ।
प्रगतिशील पत्रकार सङ्घले रमेश विष्टको प्यानलअन्तर्गत रहेर निर्वाचनमा भाग लिएको छ ।
प्रगतिशीलका केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेश भौगोलिकतर्फ सुमन अधिकारी र लेखा सदस्य (महिला) तर्फ लक्ष्मी चौधरीले उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी, लुम्बिनी, गण्डकी, बागमती र कर्णाली प्रदेश तथा काठमाडौँ, बाँके, बागलुङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, प्युठानलगायतका जिल्लामा प्रगतिशीलका उम्मेदवार छन् ।