• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

कालीगण्डकी करिडोरः पहिरोग्रस्त क्षेत्रमा निर्माण रोकियो


  •   बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
  • नवलपुर (नवलपरासी) । गण्डकी प्रदेशलाई उत्तरबाट दक्षिण जोड्ने प्रमुख राजमार्गको रूपमा निर्माण भइरहेको कालीगण्डकी करिडोरको नवलपुर खण्ड (पहिरोग्रस्त क्षेत्रबाहेक) निर्माण सम्पन्न भएको छ ।

    Advertisement

    गैँडाकोटबाट पाल्पाको राम्दीसम्मको एक सय ३२ किलोमिटरमध्ये एक सय २७ किमी सडक कालोपत्र गरिएको सडक कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) खण्ड योजनाले जनाएको छ । योजनाका अनुसार नवलपुरको विभिन्न स्थानमा गरी एक हजार छ सय ८० मिटर पहिरोग्रस्त क्षेत्र भएकाले पाँच किमी सडक निर्माण गर्न सकिएको छैन ।

    पहिरो गएको ठाउँ छोडेर यस खण्डको बाँकी सबै काम सकिएको योजनाका सूचना अधिकारी इञ्जिनीयर अरुण खत्रीले जानकारी दिनुभयो । नवलपुरको विभिन्न छ स्थानमा गरी करिब एक हजार सात सय मिटरमा ठूलो पहिरो झर्ने गरेको छ, उहाँले भन्नुभयो, पहिरो रोकथाम नगरी सडक स्तरोन्नति गर्दा उपलब्धिमूलक नहुने लागेर कालोपत्र गरिएको छैन ।

    पहिलोग्रस्त क्षेत्रमा जोखिम अत्यधिक भएकाले पहिरो जाने ठाउँमा पाँच किमी सडक कालोपत्र नगरी राखिएको खत्रीले बताउनुभयो । उक्त स्थानमा पहिरो खसेमा पहिरो सफा गरी यातायात सञ्चालन गर्ने गरिएको छ, उहाँले भन्नुभयो, पहिरोग्रस्त क्षेत्रमा जियोलोजिकल÷जियोटेक्निकल (भूविज्ञान तथा भू–प्राविधिक) अध्ययन गरेर रोकथामको काम गर्न सकिन्छ ।

    भूविज्ञान तथा भू–प्राविधिक अध्ययनबाट औँल्याइए बमोजिमको डिजाइन एवं प्रविधिबाट पहिरोको रोकथाम तथा सडक स्तरोन्नतिका लागि सडक विभागमा अनुरोध गरिएको योजनाका सूचना अधिकारी खत्रीले बताउनुभयो । भू–प्राविधिकको अध्ययनबाट आएका सुझाव अनुसार निर्माण गरिने छ”, उहाँले भन्नुभयो, यसखण्डको सबैभन्दा ठूलो पहिरो काउडे भिरमा पाँच सय ५० मिटर रहेको छ ।

    तरङ्गे खोलामा चार सय ५० मिटर, बतासे डाँडाको दुई ठाउँमा गरी दुई सय २० मिटर, मोचडाँडा दुई सय ६० मिटर र मचेडीमा दुई सय २० मिटर पहिरोको जोखिम क्षेत्र रहेको सूचना अधिकारी खत्रीले जानकारी दिनुभयो ।

    अन्य स्थानमा पनि सामान्य पहिरो खस्ने गरेकाले सामान्य पहिरो हटाउने गरिएको भन्दै ठूला पहिरो हटाउन बढी समय लाग्ने गरेको सूचना अधिकारी खत्रीले बताउनुभयो । कालीगण्डकी कोरिडोरअन्तर्गत गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा नवलपुरको गैँडाकोटबाट रामपुर–पिपलडाँडा–राम्दी–रानीमहल–रिडी–हर्मीचौर हुँदै बलेवा खण्ड करिब दुई सय ४० किमी रहेको उहाँले जानकारी दिनुभयो ।

    गण्डकी प्रदेशको दक्षिणी सिमाना नवलपुरको त्रिवेणी भन्सारबाट उत्तरी नाका कोरलासम्म पुग्नेगरी सडक निर्माण भइरहेको छ । हालसम्म दक्षिण खण्डको भौतिक प्रगति ६६ दशमलव ५५ प्रतिशत भएको भन्दै योजनाका सूचना अधिकारी खत्रीले आर्थिक वर्ष २०८३र८४ सम्म सडक निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको जानकारी दिनुभयो । करिडोरको यस खण्डअन्तर्गत पर्ने दुई सय ४० किलोमिटर सडकमध्ये नवलपुरमा मात्रै ७८ किलोमिटर पर्दछ ।

    बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.