• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘इजरायल र प्यालेस्टाइनको युद्धबारे नेपाल तटस्थ बस्नु भर्त्सनायोग्य’


  •   सोमबार, मङि्सर २४, २०८१ मा प्रकाशित
  • काठमाडौं । विभिन्न वामपन्थी दल तथा नागरिक समाजका अगुवाहरूले इजरायल– प्यालेस्टाइन युद्धमा नेपाल तटस्थ बसेकोमा सरकारको भर्त्सना गरेका छन् ।

    Advertisement

    सोमबार शान्तिवाटिकाबाट ‘इजरायली जनसंहार’ विरुद्ध हस्ताक्षर अभियानको सुरुवात गर्दै नेताहरूले इजरायलले प्यालेस्टाइनीमाथि गरिरहेको अत्याचारको विरोध गरे ।

    कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह उपस्थित हुनुहुन्थ्यो ।

    त्यस्तै, कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सम्बोधन गर्नुभएको थियो ।

    गाजा—प्यालेस्टाइन युद्ध शुरु भएको १४ महिनापछि सोमवार (आज) बाट पूर्वप्रधानमन्त्रीसहितका नेताहरुले हस्ताक्षर अभियान सुरु गरेका हुन्।

    ‘प्यालेष्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’ले आजदेखि एक महिनासम्म हस्ताक्षर संकलन थालेको हो ।

    नरसंहारविरुद्ध सबैले आवाज उठाऔँ : प्रचण्ड

    नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै बिरोध जनाए।

    उनले इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका बिरुद्ध विगतदेखि नै विश्वव्यापी रुपमा आवाज उठ्दै आएको बताए। उनले अहिले पछिल्लो चरणमा प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको बिरोध गरे।

    संयुक्त राष्ट्रसंघमा यसको बिरुद्धमा पटक पटक प्रश्तावहरु पारित हुने गरेको भएपनि इजरायलले अटेर गरेर प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको बताए। अमानवीय ढंगले आक्रमण गरी हत्या गरेकोमा सबैले आवाज उठाउनुपर्ने प्रचण्डको भनाई थियो।

    फासिस्ट नीति अबलम्बन गर्ने शासकका पछि नलाग्नुस् : नेपाल

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह गरे ।

    उनले न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको बिरुद्धमा दृढतापूर्वक उभिन आग्रह गरे। उनले नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्ने बताए।

    नेता नेपालले प्यालेस्टाइनीमाथि इजरायलको क्रुरता निन्दनीय रहेको बताए। नेपालले न्याय र अन्यायलाई छुट्याउन सक्नुपर्ने उनको भनाई थियो।

    उनले भने, ‘न्याय र अन्याय छुट्याउन सकेन र सहीको पक्षमा उभिन सकने भने, अमानवताको पक्षमा उभियो भने त्यो भन्दा गम्भीर कुरा अरु केही हुन सक्दैन। हामी नेपाल जनता प्यालेस्टाइनी जनताको पक्षमा रहेका छौँ। जनताको कुरा गर्ने हो भने इजरायली जनतालाई पनि भन्न चाहन्छु, आफ्नो देशको फास्सिट नीति अवलम्वन गर्ने त्यस्ता शासकको पछि नलाग्नुस्, न्यायको पक्षमा उभिनुस्।’

    अध्यक्ष नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भर्त्सनायोग्य रहेको बताए।

    २१ औं शताब्दीमा यति क्रुर नरसंहार हुनु लज्जाको विषय : बाबुराम

    नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले इजरायल—प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट नपारेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

    उनले २१ औं शताब्दीमा आएर अहिले इजरायलले जसरी प्यालेस्टाइनमाथि नरसंहार मच्चाएको आरोप लगाए। उनले प्यालेस्टाइनी जनताको मुक्तिको लागि आवाज आफूहरुले आवाज उठाएको बताउनु भयो । उहाँले अहिले इजरायल राज्य वास्तवमा प्यालेस्टाइन राज्य भएको भन्दै सम्झौता गरेर दुई भागमा विभाजित गरेपछि पनि एकअर्कालाई नस्वीकार्ने कुरा गम्भीर रहेको बताए ।

    संयुक्त राष्ट्रसंघमा भएको मतदानमा नेपाल तटस्थ बस्नु गलत भएको र नेपालले सत्य र न्यायको पक्षमा मतदान गर्नुपर्ने बताए। सत्य र न्यायको पक्षमा बोल्न नसक्ने कुराले मानव हुनुको अर्थ नराख्ने र नेपाली हुनुको अर्थ नहुने भट्टराईको भनाई थियो ।

    अध्यक्ष भट्टराईले सत्य र न्यायको पक्षमा बोल्न डराउनु नहुने बताउनु भयो । गाजा—प्यालेस्टाइन युद्ध शुरु भएको १४ महिनापछि सोमवार (आज) बाट पूर्वप्रधानमन्त्रीसहितका नेताहरूले हस्ताक्षर अभियान सुरु गरेका हुन् ।

    त्यस्तै, कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, भूपू उपप्रधानमन्त्री उपेन्द्र यादव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा नागरिक आन्दोलनका अगुवाहरूको सहभागिता थियो ।

    ७ अक्टोबर २०२३ मा इजरायलले गाजामा आक्रमण गरेको थियो ।

    सोमबार, मङि्सर २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.