सन्धिखर्क । प्रगतिशील पत्रकार सङ्घ अर्घाखाँचीका कोषाध्यक्ष बसन्त खड्काका जेठो छोरा नुरदेव खड्काको स्मृतिमा शोकसभा सम्पन्न भएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन केसीको उपस्थितिमा २०८१ मङ्सिर २३ गते आइतबार सन्धिखर्क–७ भालुखोलामा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रगतिशीलका केन्द्रीय सचिव गोपालप्रसाद भट्टराई र नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले शोकमन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन प्रगतिशीलका केन्द्रीय सदस्य जितेन्द्र खत्रीले गर्नुभएको थियो ।

कार्यक्रममा शोकाकुल परिवार तथा आफन्तजनको उपस्थिति रहेको थियो ।
स्मृतिशेष नुरदेवको १४ वर्षको अल्पायुमा गत मङ्सिर १५ गते असामयिक निधन भएको थियो ।

