काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले रोमाञ्चक जित हात पारेको छ ।
Advertisement
शनिबार भएको दोस्रो खेलमा नन्दन यादवको किफायती बलिङमा कर्णाली याक्सले लगातार दोस्रो जित दर्ता गरेको हो। कर्णाली याक्ससँग विराटनगर ७ रनले पराजित भयो।
यसअघिको खेलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले तेस्रो जित हासिल गरेको थियो। सुदूरपश्चिमले लगातार तेस्रो जित दर्ता गर्दा लुम्बिनीले भने लगातार तेस्रो हार बेहोरेको छ।
सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गर्दै एनपीएलमा लगातार तेस्रो जित हात पारेको हो।