दिनेश रैदास, (दाङ) ।
रक्तिम सांस्कृतिक अभियानको घोराही उपमहानगर समिति गठन भएको छ ।
राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा २०८१ मङ्सिर २१ गते शुक्रबार सम्पन्न एक भेलाले समिति गठन गरेको हो ।
भेलाले उत्सव पुनमगर अध्यक्ष रहनु भएको पन्ध्र सदस्यीय समितिको चयन गरेको छ ।
उपाध्यक्षमा रोशनी घर्तिमगर, सचिव प्रकाश घर्ति, सहसचिव स्वर्णिम थापा र कोषाध्यक्षमा अर्जुन विक रहनुभएको छ ।
त्यस्तै, सदस्यमा रेसुङ्गा जिएम, सुभाष पुन, अनुष्का थापा, सुमि रावत, सजना रावत, सुरज पुन, मनिका जिएम र प्रसंसा पुन रहनुभएको छ भने एक स्थान रिक्त रहेको छ।
त्यसैगरी सल्लाहकारमा झबिन्द्र खनाल, यमराज घर्ति, जनक थापा, प्रभा श्रेष्ठ, अंकित गुरूङ, विकाश घर्ति, शिवराज घर्ति, रोजिस राम्जाली, सुरेश घर्ति स्मृति जिएमलगायत चयन हुनुभएको छ।
कार्यक्रम रक्तिम सांस्कृतिक अभियान रोशनी घर्तिकोे अध्यक्षता, स्वर्णिम थापाकोे स्वागत मन्तव्यबाट शुरु भएको भेलाको सञ्चालन उत्सब पुनले गर्नुभएको थियो।
