• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अदम्य हिम्मतले उठेकी जमुना


  •   मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
  • बेनी (म्याग्दी) । सङ्घर्षबाट सफलता मिल्छ भन्ने जीवन्त उदाहरण बन्नुभएको छ, ४४ वर्षीया जमुना आचार्य । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकमा जन्मिएकी उहाँलाई हुर्काउने र चिनाउने कर्मभूमि भने म्याग्दी हो । सुन्दा अचम्म लाग्न सक्छ, आचार्यका शरीरका केही अङ्ग कृत्रिम र अपूरा छन्, तर उहाँले पारिवारिक जिम्मेवारी र सामाजिक क्षेत्रमा गरेका योगदान प्रेरणादायी र प्रशंसनीय छन् । तीन वर्षको उमेरमा हात मर्किएर समयमै उचित उपचार नपाएर बायाँ हात गुमाएपछि आचार्य शारीरिक अपाङ्गता हुनुभएको थियो ।

    Advertisement

    क्यान्सर भएपछि गुमेको आचार्यको हातलाई सेती नदीमा बगाइएको थियो । विभिन्न समयमा शारीरिक रोग समस्याले शल्यक्रियामार्फत उपचार गराउनुभएकी आचार्यको कानको पछाडिपट्टि तीनवटा कृत्रिम हड्डी राखिएका छन् । हुर्कन नपाउँदै हात गुमाएकी आचार्यले जिन्दगीमा धेरै कुरा गुमाउनुपर्यो तर आफ्नै आँट, साहस र हिम्मतले उहाँ आफू आत्मनिर्भरमात्र बन्नुभएन, परिवारकै बलियो खम्बा र समाजका लागि प्रेरणा र नमूना बन्न सफल हुनुभएको छ ।

    आमा चन्द्रवती र बुबा छवानन्द आचार्यका सात बहिनीमध्ये जेठी छोरी जमुनाको जीवनका उतारचढाव गरिबी, अभाव र समस्याका भारी बोकेका सङ्घर्षशील व्यक्तिका लागि प्रेरणा बन्ने गरेका छन् । हात गुमाएकी आचार्यले घरदेखि स्कुल टाढा भएकाले आधारभूत तहको अध्ययन गर्न पनि मुस्किल परेको थियो । अपाङ्गता भएकी आचार्यलाई स्कुल ल्याउन लैजान सहज नभएपछि आठ वर्षको उमेरदेखि मात्र उहाँले विद्यालयमा पठनपाठनका लागि पाइला टेक्नुभएको थियो ।

    तत्कालीन फर्से धाइरिङ प्राविमा आधारभूत तह र बेनीस्थित प्रकाश माविबाट एसएलसी उत्तीर्ण गर्नुभएकी आचार्यले म्याग्दी बहुमुखी क्याम्पसबाट ‘बिएड’ र पृथ्वीनारायण क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । विपन्न परिवारकी जेठी छोरी जमुनालाई शारीरिक अपाङ्गता भए पनि घरको आर्थिक अवस्था कमजोर रहेकाले आफ्नो खुट्टामा आफैँ उभिनुपर्ने दबाब थियो । अध्ययन गर्दैगर्दा २०५७ सालदेखि गैरसरकारी संस्था सिबिआर बागलुङबाट अपाङ्गता भएका बालबालिकाको शैक्षिक कार्यक्रमबाट आचार्यले जागिर गरेर जीविकोपार्जनको आधार खोज्न सुरु गर्नुभएको थियो ।

    आचार्य परिवारमा बुबा दमको रोगी भएकाले आमाले तरकारीखेती गरेर जेनतेन पालनपोषण र शिक्षादीक्षा गर्दै आउनुभएको थियो । घरको आर्थिक अवस्था अति नै कमजोर थियो, आम्दानीको कुनै स्रोत थिएन, आमाले खेतबारीमा तरकारी रोपेर बेनीका घरघरमा पुर्याएर बिक्री गरी घरखर्च चलाउनुहुन्थ्यो, आमाको कमाइ घरपरिवारका लागि पर्याप्त थिएन, सरसापट पत्याउने समुदाय थिएन, आचार्य विगतलाई सम्झदै भन्नुहुन्छ । समस्यासँग जुध्दै, अभावसँग खेल्दै आचार्य परिवारको सङ्घर्ष चलिरहेकै थियो, त्यसैमा २०६० सालमा आमा र एक बहिनीलाई खोलाले बगायो । आचार्य परिवारमा शोक, भोक र विपत्ति एकैसाथ सामना गर्नुपर्ने विडम्बना आयो ।

    दुई आमाबाट दुई भाइ, आठ बहिनीसहित १० सन्तानमध्ये जेठी छोरी भएकाले आचार्यलाई घरपरिवारको जिम्मेवारीको भारी बोक्नुपर्ने बाध्यता आयो । जान्ने नहुँदै हात गुमाएकी जमुनाले आफू परिपक्व नहुँदै आमा र बहिनी गुमाउनुपर्यो । आमा गुमाउँदा अभिभावकत्व मात्र गुमेन, परिवारको आम्दानीको स्रोत पनि गुम्यो । बिरामी बुबाको हेरचाह र भाइबहिनीको पढाइलेखाइ र हुकाइको जिम्मेवारीको भारी जमुनाले नै बोक्नुपर्ने भयो । ‘दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु’ भन्ने कथनमा जस्तै जमुनाले आफ्नो जीवनलाई सङ्घर्षमय बनाएकै कारण आज समाजमा अग्रणी नारीको चिनारी बनाउन सफल हुनुभएको छ ।

    गैरसरकारी सङ्घसंस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गर्नुभएकी आचार्यले जीवन बीमा कम्पनीमा अभिकर्ताको भूमिकाबाट शाखा र क्षेत्रीय कार्यालयको समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ । अपाङ्गता भएर पनि आफ्नै सङ्घर्षबाट आफ्नै खुट्टामा उभिनुभएकी आचार्यले घरपरिवारको घरखर्च आफैँ जुटाएर समाजमा सकरात्मक सन्देश दिनुभएको छ । “मेरो एक हात नभएपछि धेरैले दयाभावले हेर्ने गर्थे, परिस्थितिले पनि हामीलाई अति नै थिचेको थियो, यति ठूलो परिवारको खर्च जुटाउने कुनै आधार थिएन, अन्तमा मेरै सङ्घर्षले परिवारको भरथेग गर्न सकेँ”, उहाँले भन्नुभयो ।

    जीवनभर आफू बाँच्ने र परिवार पाल्ने सङ्घर्षमा समर्पित गर्नुभएकी आचार्य आत्मबल र समाजको प्रेरणा जीवनको असल मार्गदर्शन बन्ने गरेको अनुभूति सुनाउनुहुन्छ । बायाँ हात नभए पनि आचार्य खेत रोप्ने, घाँस काट्नेगायत घरायसी काम गर्न सक्नुहुन्छ । सामाजिक क्षेत्रमा उहाँ अन्य साधारण व्यक्तिभन्दा बढी सक्रिय हुनुहुन्छ । मिठो बोली, सरल व्यवहार र आँटिलो स्वभाव उहाँका विशेषता हुन् ।

    जीवनमा धेरै अप्ठेरा आउँदा रहेछन्, त्यसबेला निरास भइँदोरहेछ, तर आफूलाई कमजोर बनाउन नहुने रहेछ, आफूभन्दा कमजोरसँग तुलना गर्दै आत्मबल बढाउँदै आफूलाई पुनः लयमा फर्काउन र हिँडाउन सकियो भने जतिसुकै अप्ठ्यारा पनि सजिलै पार गर्न सकिँदो रहेछ, मेरो जीवनको उतारचढावले यही सिकायो, आचार्यले भन्नुभयो । उहाँले समाजमा महिलाहरू प्रत्यक्ष रोजगारमा कम आबद्ध हुने भएकाले पनि लैङ्गिक र घरेलु हिंसाजन्य घटना बढ्ने भएकाले आफ्नो खर्च आफैँ जुटाउने बाटोमा सक्रिय बन्न आवश्यक रहेको बताउनुहुन्छ । फजुल खर्च कम गर्ने, अप्ठेरा समस्या र जीवनमा समयको व्यवस्थापन गर्न सकियो भने हरेक व्यक्ति आत्मनिर्भर बन्न कसैले रोक्न नसक्ने उहाँको ठम्याइ छ ।

    समाजमा फरक क्षमता भएका व्यक्तिलाई परिवार, समाज, संस्थामा व्यक्तिको अवस्थाअनुसारको व्यवस्था मिलाइदिन सकेमा अपाङ्गता भएका व्यक्तिले पनि साङ्ग व्यक्तिसरह कार्यसम्पादन गर्न सक्ने आचार्य बताउनुहुन्छ । अपाङ्गता भएकी आचार्य आत्मनिर्भर बनेर परिवारको आर्थिक स्रोत जुटाउने काम मात्र गर्नुभएन, समाजमा महिलालाई आर्थिक सशक्तीकरणमा सङ्गठित गर्ने अभियन्तासमेत हुनुहुन्छ । म्याग्दी सदरमुकाम बेनीमा महिलाहरूको मात्र लगानी र व्यवस्थापनमा सञ्चालन हुनेगरी दिदीबहिनी सहकारी स्थापना गर्न आचार्यले नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।

    सहकारीको अध्यक्ष हुँदा आचार्यले मुठ्ठीदान अभियान सञ्चालन गरेर गरिब, विपन्न र अशक्त व्यक्तिलाई सहकारीमार्फत सहयोग गर्ने परोपकारी अभियान सुरुआत गर्नुभएको थियो । दिदीबहिनी सहकारीले अहिले पनि मुठ्ठीदान अभियानलाई निरन्तरता दिएको छ ।

    अपाङ्गतालाई दयाको भावले हेर्नुभन्दा अवसर र भूमिकामा प्राथमिकता दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूले पनि साङ्गसरह नै काम गर्न सक्छन् भन्ने सन्देश आचार्यले दिनुभएको छ । उहाँ अहिले महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि सामाजिक अभियन्ताका रूपमा सक्रिय हुनुहुन्छ । लामो समय गैरसरकारी संस्था र जीवन बीमा कम्पनीको जागिरे जीवनबाट विश्राम लिनुभएकी आचार्य यतिबेला जन्मथलोमा अग्र्यानिक कृषि उत्पादन अभियानमा लाग्नुभएको छ । कमल खत्री (रासस)

    मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.