शिव पन्थी, खलङ्गा ।
Advertisement
प्युठानको स्वर्गद्वारी नगरपालिका–९ डाँडागाउँमा अखिल नेपाल जनजाति सम्मेलनको समिति गठन भएको छ ।
केन्द्रीय सचिव उषा पुनमगर तथा सम्मेलनकै लुम्बिनी प्रदेश समितिका मिनराज रानाको उपस्थितिमा सम्पन्न भेलामाझ उक्त समिति गठन भएको हो ।
समितिको अध्यक्षमा कुमारी बैजाली रहनुभएको छ भने उपाध्यक्षमा भीमा थापामगर, सचिवमा डोरबहादुर पुनमगर, सहसचिवमा नमा पुनमगर र कोषाध्यक्षमा मानबहादुर थापामगर रहनुभएको छ ।
समितिको सदस्यमा शशिराम घर्तीमगर, चेतमान बैजारी मगर तथा सल्लाहकारमा शोभाराम पुनमगर र लङ्कबहादुर पुनमगर रहनुभएको छ ।