टेकराज भुसाल, बुटवल ।
रुपन्देहीकाे बुटवल–१३ बेलवासमा मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका युवा व्यवसायी माधवराज गैरेले आफ्नो जन्मदिन मानवसेवा आश्रममा मनाएका छन् ।
Advertisement
बुटवल सुख्खानगरमा रहेको मानवसेवा आश्रममा आश्रित ५१ जनालाई खाना खुवाएर २०८१ मङ्सिर १६ गते आइतबार जन्मदिन मनाएका हुन् ।
पछिल्लो समयमा हजारौँ खर्च खर्चिएर जन्मदिनमा रेस्टुरेन्ट होटलमा पार्टी दिने प्रचलन रहेको छ । त्यही खर्च सामाजिक कार्यका लागि खर्चिंदा समाजमा राम्रो सन्देश जाने भएकाले आश्रममा जन्मदिन मनाएको युवा व्यवसायी गैरेले बताए ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौरमा स्थायी ठेगाना भएका गैरेले गत केही समयदेखि बुटवल–१३ बेलवास शिवालयचोकमा मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आइरहेका छन् ।