काठमाडौं । स्थानीय बजारमा अन्डाको मूलय घटेको आएको छ । यसअघि तोकिएको भन्दा आजदेखि लागु भएको मूल्य घटेको नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाएको छ ।
Advertisement
संघले २० कात्तिकमा मिडियम साइजको अन्डाको भाउ प्रतिक्रेट ४ सय ९० रुपैयाँ थियो भने आजदेखि ४ सय ४० तोकिएको छ । यस्तै ठूलो अन्डाको भाउ ४ सय ५५ रुपैयाँ प्रतिक्रेट आजदेखि लागु भएको छ । यसअघि ५ सय ५ रुपैयाँ थियो ।
त्यसैगरी सबैभन्दा ठूलो (एक्सएल) अन्डाको भाउ भने नयाँ तोकिएको छैन । अहिले एक्सएल अन्डा प्रतिक्रेट ५ सय २० रुपैयाँमा बिक्री भइरहेको छ ।