योगेन्द्र ढकाल
‘कामरेड जलजला’ उपन्यास रुसी क्रान्तिकारी जोश र अमेरिकी कार्यदक्षताको एउटा सुन्दर संयोजन हो । उपन्यासमा कामरेड मोहनविक्रम सिंहले आफ्नो मार्क्सवादी लेनिनवादी विश्व दृष्टिकोणलाई नेपालको कम्युनिष्ट आन्दोलनको एउटा उपयुक्त पात्र कामरेड जलजलामार्फत वडा सुन्दर ढंगले प्रस्तुत गर्नुभएको छ ।
त्यसक्रममा उहाँले रुसी क्रान्तिकारी जोशलाई अमेरिकी कार्यदक्षतासित यति सुन्दर ढंगले प्रस्तुत गर्नुभएको छ कि जसबाट त्यो क्रान्तिकारी अतिशयोक्ति र सिद्धान्तहीन व्यापारवाद दुवैबाट बच्न सफल भएको छ ।
त्यसको महत्व यो कुरामा अन्तरनिहित छ कि त्यो निस्क्रियताको पट्यारलाग्दो काम गराई, रुढिवाद मानसिकता र गतिहीनता विरुद्ध उभिन सफल भएको छ ।
व्यवहारिक लगनशीलताद्वारा बाधाहरूलाई पन्छाउँदै २३ वर्ष पूरा गरेर जनतामा आउन सफल भएको यस्तो रचनाका लागि कामरेड मोहनविक्रम सिंहलाई बधाई दिन्छु ।
(मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘का. जलजला’ बारे उपन्यासका प्रमुख पात्र जलजला (विद्या ढकाल) का भाइ योगेन्द्र ढकालको प्रतिक्रिया ।)