वीरेन्द्रनगर । सुर्खेतको चौकुनेमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) को नगर समिति गठन भएको छ ।
Advertisement
महासचिव तुलसी आचार्यको प्रमुख आतिथ्यमा २०८१ मङ्सिर १२ गते बुधबार सम्पन्न भेलामाझ सो समिति गठन गरिएको हो ।
समितिको संयोजकमा दलबहादुर विक, सचिवमा आदित्य विक, कोषाध्यक्षमा मनिराम जोशी तथा सदस्यमा गमे कामी, रतन देवकोटा, मनिराम जोशी, दयाराम तिरुवा, धर्मसिंह विष्ट, डम्बरसिंह विक, कर्णबहादुर विक, टीकाराम विक, रणबहादुर विक, धनिराम धमला, शङ्कर विक, दुर्गे विक, अमर विक, बुद्धि विक, गौरी विक, रत्ना विक, वीरबहादुर विक र बालाराम ढकाल रहनुभएको छ ।
भेलाले पदमसिंह विकलाई सल्लाहकारमा चयन गरेको छ ।
प्रेमबहादुर ठाडाको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा राजमो कर्णाली प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाहीलगायतका अतिथिको आतिथ्य रहेको थियो ।