चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा चारजना घाइते भएका छन्।
Advertisement
नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक आइतबार साँझ सडक किनारमा पल्टिएको प्रहरीले जनाएको छ ।
चामल बोकेको सो ट्रक पल्टिँदा चार जना च्यापिएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) भेषराज रिजालले बताए ।
च्यापिएकालाई उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ ।