काठमाडौं । बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ परेका छन् ।
Advertisement
कास्की प्रहरीले गोरखा पालुङ्टार गाउँपालिका ४ स्थायी घर भइ हाल पोखरा ६ लेकसाइडस्थित होटल स्नोल्याण्डमा डेरा गरी बस्ने १९ वर्षीया ममता तामाङ, मकवानपुर बागमती गाउँपालिकां ८ स्थायी घर भइ हाल काठमाडौंको बूढानिलकण्ठ नगरपालिका ७ कपन बस्ने २३ वर्षीया रिना तामाङ र पूर्वी नवलपरासी मध्यबिन्धु नगरपालिका १० स्थायी घर भइ हाल पोखरा ६ लेकसाइड बस्ने १९ वर्षीया जस्मिन ठकुरीलाई पक्राउ गरेको हो ।
उनीहरूले ती ४ जना बालिकालाई राम्रो जागिर दिन्छु, तलब राम्रो हुन्छ भन्दै विश्वासमा पारी कोठा बाहिरसमेत निस्किन नदिइ परपुरुषसँग शारीरिक सम्पर्क गर्न बाध्य तुल्याउँदै आएको प्रहरीको भनाइ छ।
बन्धक बनाएका चार बालिकाको प्रहरीले उद्धार गरेको छ ।