काठमाडौं । यू–१९ महिला क्रिकेट टिमकी कप्तान पुजा महतो सम्मानित भएकी छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्टस्ले सोमबार आफ्नो आधिकारिक जर्सी सार्वजनिक गर्ने क्रममा कप्तान महतोलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्टस्ले यू–१९ महिला क्रिकेट टिमकी कप्तान पुजालाई फेस अफ बोल्ट्स् घोषणा गरेको छ।
मधेश प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा सोमबार साँझ जर्सी सार्वजिनक गरेका हुन्।
जर्सी सार्वजनिक गर्दै मन्त्री जयसवालले मधेश प्रदेशको माटोले अनतर्राष्ट्रिय खेलाडी देशलाई दिएको उल्लेख गर्दै एनपीएलमा जनकपुर बोल्टसले सफलता पाउने बताए।
जनकपुर बोल्टस्का जीएम निरोज खतिवडालले जनकपुरक बोल्ट्सको जर्सी मधेशको ८ वटै जिल्लाको भावना र उमंग रहेको बताए।