• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

साहिलो दाइ र वर्तमान अवस्था


  •   आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
  • मेघराज भट्टराई ##

    Advertisement

    साहिलो दाइ, जसले सधैँ नम्र भाषामा सम्पूर्ण गाउँका मान्छेसँग बोल्नुहुन्थ्यो । गरिबीका कारण अरूको जाडो भगाउन साहिलो दाइले दाउरा काट्नुहुन्थ्यो । उहाँसँग सम्पत्तिको नाममा एउटा बन्चरोबाहेक केही पनि थिएन सायद ।

    साहिलो दाइले दुई महिलासँग विवाह गर्नुभएको थियो । पहिलो सन्तान जुठे, दोस्रो मोहन, तेस्रो मुमान लाटा । अरू मलाई त्यति धेरै याद छैन ।
    खरबारी थिएन, झुपडी थियो, त्यो पनि सल्लाको कुसुमले छाएको । साहिलो दाइसँग अन्न किन्ने पैसा अपुग हुन्थ्यो । चाडपर्वमा सिकार खाने पैसा नहुने । उहाँले गाईगोरु मर्‍यो भने त्यसको मासु खाने गर्नुहुन्थ्यो ।

    यो अभाव गरिबी भन्ने चिज पनि कति पीडादायी हुन्छ हगी ? जसले सबैभन्दा बढी मिहिनेत गर्छ, उसैको चुलो सधैँ चिसो किन हुन्छ होला ? आज कता कता बजारमा फिलिम हेरेर रुने मान्छेको भिड देख्छु अनि यी र यस्ता गरिब निमुखा, दुखीका लागि एक शब्द खर्चिने उनीहरूका लागि केही बोल्ने, लेख्ने मान्छेको अभाव देख्छु । त्यसबाट मन खिन्न हुन्छ ।

    दशैँ आउथ्यो, तिहार आउथ्यो । एकसरो लुगा बदल्ने हैसियत थिएन । एक छाक मिठो खान नपुग्ने ती साहिलो दाइको विवशता छोराछोरीको भोकलाई मनैदेखि मनन गर्छु अनि यस्ता नाटककारको नजर हाम्रा बस्तीमा भएका साहिलो दाइको घरआगन, झुपडीमा कहिले पुग्ला भनेर सोचिरहन्छु ।

    पञ्चायती कालरात्रीबाट आज गणतन्त्रसम्म आउँदासमेत ती साहिला दाइको घरकटेरोमा उषाको लाली किन पुगेन ? त्यो बन्चरोबाहेक उहाँले जीवन बिताउने कुनै साधनस्रोत थिएन भने आज त्यो बुढो मान्छे कहाँ होलान् ?

    उनको पहिलो श्रीमती आँखामा फुलो परेर उपचारको अभावले आखा नदेख्ने भएकी थिइन् । उनले दाङकै घोराही बजार क्षेत्रमा मागेर जीवन गुजारा गरेको देख्थेँ । सन्तान धेरै भए पनि सहारा नभएर त होला, आफै माग्न हिँडेकी ।

    साहिलो दाइकी अर्की श्रीमती थिइन्, जो साहिलो दाइले चिरेको दाउरा घर घर पुर्‍याउँथिन् । दुई जना मिलेर हाँसेर बस्थे । झगडा गरेको मैले देखिनँ ।

    अरूका लागि दाउरा चिर्ने मान्छेको घरमा सधैँ जाडो हुने नेपालको चलन नै हो किनकि अरूको काम गर्दा आफ्ना लागि आवश्यक सरसामानको जोहो गर्नै नभ्याइने ।

    साहिलो दाइ दलित परिवारको हुनुहुन्थ्यो । यो समाजले उहाँलाई एक प्रकारको अन्याय गरेको थियो। त्यो हो– छुवाछुत । उहाँले कहिल्यै कसैको कुभलो गर्नुभएको मलाई याद छैन तर पनि अछुत भनेर हेप्ने कुरा मैले देखेको छु ।

    मानिसहरूले हेपेर उहाँलाई लन्थरे भन्थे । सायद मैले पनि कहीँ कतै यो शब्द प्रयोग गरेक ? अन्जानमा भुलवश बोलेँ कि किनकि म पनि त यही समाजको उपज त हुँ नि, होइन र ?

    हामी गाउँका साना केटाकेटी स्कुल जान्थ्यौँ तर साहिलो दाइका छोराछोरी नजिकको स्कुलमा कहिलै गएनन् । मेरो घरदेखि स्कुल जानुभन्दा साहिलो दाइलो घरबाट स्कुल जान आधा नजिक थियो तर ती साहिलो दाइ बहुदल आएदेखि कता हराए ? कहाँ छन् ? जीवित छन् कि मरिसके ? मलाई जानकारी छैन ।

    आज आफ्ना लागि अधिकार माग्ने हाम्रो समाज अरूका लागि पनि एक शब्द बोलिदिए हुने । होइन र ? साहिलो दाइको छोरा छोरी पनि कहाँ होलान् ? मलाई सम्झेर ल्याउँदा झसङ्ग बनाउँछ ।

    यो देशमा ठुला ठुला परिवर्तन भए । भन्नका लागि जनयुद्ध पनि भयो तर गरिखाने वर्गले जन्मथलो छोड्नुपर्ने यस्तो परिवर्तनको के अर्थ रह्यो ? हामीलाई आफ्नै ठाउँमा गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्था कहिले हुने हो ? तबसम्म हाम्रा साहिला दाइहरू जन्मिन्छन् अनि विलीन हुन्छन् । कसैले सोधखोज गर्दैन, जो यो समाज परिवर्तनमा वाहक हुन् ।

    आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    नेपाली राजनीति र नियति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.