• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

तराई मधेस जनवादी मोर्चाको चौथो राष्ट्रिय भेला


  •   बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित
  • बुटवल । तराई मधेस जनवादी मोर्चाको चौथो राष्ट्रिय भेला सम्पन्न भएको छ ।
    राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टको प्रमुख आतिथ्यमा २०८१ कात्तिक २८ गते आइतबार राजमो लुम्बिनी प्रदेश कार्यालय बुटवलमा सो भेला सम्पन्न भएको हो ।
    चारओटा मैनबत्ती बालेर प्रमुख अतिथि भट्टले भेलाको उद्घाटन गर्नुभएको थियो ।
    सो अवसरमा मन्तव्य राख्दै महासचिव भट्टले तराई मधेसको इतिहास र सन् १८१६ र १८६० को बेलायत–नेपाल सन्धिबारे चर्चा गर्नुभएको थियो ।
    मन्तव्यको क्रममा उहाँले नेपालबाट तराई अलग गर्ने भारतीय साम्राज्यवाद र युरोपीय साम्राज्यवादी मुलुकले खेलेको भूमिकाबारे पनि प्रष्ट पार्नुभयो ।
    नेपालमा कहिल्यै, कुनै आन्दोलनमा नउठाइएको र कुनै राजनीतिको पार्टीको एजेन्डाको रूपमा नउठेको विषय सङ्घीयता लाद्ने काम गरी पहिलदेखि नै भारतले पारितपोषित दलाल तराई काङ्ग्रेस, तराई कम्युनिस्ट, जनक्रान्ति दल आदिका नाउँमा खडा गरी तराई टुक्राउने खेलमा लागेको लामो इतिहास पनि उहाँले उल्लेख गर्नुभयो ।
    नेपालमा बस्ने भारतद्वारा पालितपोषित व्यक्ति रघुनाथ पण्डितले नेपालमा सङ्घीयता ल्याउनका लागि नयाँदिल्लीस्थित संसद् भवनअगाडि धर्ना बसेको स्मरण गराउँदै उहाँले नेपाललाई दुई राष्ट्र हो भनी मधेसवादी दलले विखण्डनवादी राजनीति गरिरहेको दाबी गर्नुभयो ।
    भेलालाई विशिष्ट अतिथि राजमो लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले शुभकामना दिनुभएको थियो ।
    कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डीराज शर्मा, राष्ट्रिय सहकारी अभियानका अध्यक्ष गङ्गालाल सापकोटा, अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल (छैठौं) का केन्द्रीय सदस्य कुलचन्द्र शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य हरि राहाडी, जातीय समता समाजका केन्द्रीय सल्लाहकार दिलबहादुर विक, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सल्लाहकार गणेश गौतम, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थ र राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको पनि आतिथ्य रहेको थियो ।
    उद्घाटन सत्रको अध्यक्षता बद्रे आलमले र सञ्चालन राजाराम चौधरीले तथा स्वागत विकारम चौधरीले गर्नुभएको थियो ।
    भेलाको बन्द सत्रमा बद्रे आलमद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन, साङ्गठितक प्रतिवेदन, घोषणापत्र र विधानको संशोधन प्रस्ताव पारित भएको थियो ।
    अध्यक्षमा आलम
    भेलाले बद्रे आलम अध्यक्ष रहनुभएको ११ पूर्ण दुई वैकल्पिक र तीन सल्लाहकारसहितको १६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
    समितिको उपाध्यक्षमा विकाराम चौधरी र अक्षयलाल साह, महासचिवमा राजाराम चौधरी, सचिवमा रामअधार यादव र कोषाध्यक्षमा सगिर आलम रहनुभएको छ ।
    केन्द्रीय सदस्यहरूमा रूपनारायण महतो, हरिकिशोर महतो, जागेश्वर गिरी तथा वैकिल्पक सदस्यमा निसार अहमत खाँ र रामकिसुन बानिया रहनुभएको छ ।
    भेलाले दुई जना पछि पूर्ति गर्ने गरी इन्दलप्रसाद केवटलाई सल्लाहकारमा चयन गरेको छ ।
    सोही स्थानमा बसेको पहिलो केन्द्रीय समिति बैठकले बद्रे आलम, विकाराम चौधरी र राजाराम चौधरीसहिचको सचिवालय गठन गरेको सूचना प्राप्त भएको छ ।

    Advertisement

    बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.