लिबाङ । रोल्पामा अखिल नेपाल किसान महासङ्घ (अप्फा) को जिल्ला भेला सम्पन्न भएको छ ।
Advertisement
महासचिव तुलसी सापकोटाको प्रमुख आतिथ्यमा २०८१ कात्तिक २७ गते मङ्गलबार सो भेला सम्पन्न भएको हो ।
भेलाले केबी थापा अध्यक्ष रहनुभएको नौ पूर्ण र तीन सल्लाहकारसहित अप्फाको जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा रामबहादुर रोका, सचिवमा शर्मिला विष्ट, कोषाध्यक्षमा यकबहादुर राउत तथा सदस्यमा निमबहादुर मल्ल, यानु विष्ट, छली विक, टेकबहादुर विष्ट र सुमित्रा विष्ट रहनुभएको छ ।
भेलाले टापबहादुर पुन, गनबहादुर डाँगी र कृष्णबहादुर खत्रीलाई सल्लाहकारमा चयन गरेको छ ।
समितिलाई राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार हस्तमणि पुन र राजमो रोल्पाका अध्यक्ष मेघनाथ विष्टले शुभकामना दिनुभएको थियो ।
केबी थापाको अध्यक्षता रहेको उक्त भेलाको सञ्चालन शर्मिला विष्टले गर्नुभएको थियो ।