• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङ ताराखोलामा मनाइयो “भुस पोल्ने पर्व”


  •   मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित
  • बागलुङबजार । पन्ध्रौँ शताब्दीदेखि सुरु भएको मानिने बागलुङ ताराखोलाको “भुस पोल्ने पर्व” लाई स्थानीय मगर समुदायले धुमधामसँग मनाएका छन् ।

    Advertisement

    बर्सेनि कात्तिक २४ गतेदेखि सुरु हुने यो पर्व सोमबार “छापे” खनेसँगै सकिएको हो ।

    सदियौँअघि पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी ताराखोला गाउँपालिका–२ अर्गलमा आएका मगर जातिले उक्त ऐतिहासिक पर्वको चलन बसालेका इतिहास छ । पुर्खाले खोरिया खनी थातथलो बसाएको र कृषि कर्म सुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिएको मगर भाषा तथा संस्कृति सम्वर्द्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले बताउनुभयो ।

    उहाँका अनुसार व्यवस्थित खेतीप्रणाली सुरु भएसँगै उक्त पर्वको थिति चलेको हो । परम्परागत मूल्यमान्यता र विधिका आधारमा भुस पोल्ने पर्व श्रम र उत्पादनसँग जोडिएको सचिव घर्तीमगरले बताउनुभयो ।

    ‘यो पर्व एक किसिमले प्रकतिपूजा पनि हो’ उहाँले भन्नुभयो– ‘यसले श्रम संस्कृतिलाई प्रोत्साहन गर्छ ।’

    गाउँका बुढापाकाले सुनाएअनुसार पर्वको पहिलो दिन कात्तिक २४ गते शङ्खुबारीमा भुस पोल्ने गरिन्छ । मकैबाली भिर्त्याएपछि बारीमा रहेका घाँस, डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई स्थानीय जनबोलीमा भुस पोल्ने भनिन्छ ।

    शङ्खुघरका मूल भान्जाले भुस पोल्ने चलन रहेको सचिव घर्तीमगरले बताउनुभयो । उक्त दिनमा शङ्खुबारीमा विशेष पूजाआजा पनि हुन्छ । शङ्खुबारीमा उब्जेको जौ बाली शङ्खु (मूल) घरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनुपर्ने नियम छ ।

    केही वर्षअघि सम्म गाउँका सबैभन्दा ज्येष्ठ सदस्यको घरलाई शङ्खुघर मान्दै आए पनि अहिले छुट्टै समाजघर निर्माण गरेर उक्त कार्य सञ्चालन गरिँदै आइएको सचिव घर्तीमगरले बताउनुभयो ।

    ‘कुनैताका गाउँको मुखियाको घरलाई शङ्खुघर मान्ने गरिन्थ्यो । पर्वको दोस्रो दिन २५ गते वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारका रूपमा बरखी (दुःख) उम्काउने चलन छ’ उहाँले भन्नुभयो ।

    समितिका सचिव घर्तीमगरले २४ गतेअघि जहिले मृत्यु भएको भए पनि २५ गते मृत्युसंस्कार पूरा गरिने जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘२४ गते मृत्यु भएमा भने वर्षभरि नै दुःख बार्नुपर्ने हुन्छ । घरमा चेलीबेटी, भान्जाभान्जीलाई बोलाइ दानदक्षिणा दिई मृत्युसंस्कार पूरा गर्ने गरिन्छ । मृत्युसंस्कारको समापनलाई गाउँलेले “होलादास” पनि भन्ने गर्छन् ।’

    मृतकको घरमा दिदीबहिनीमध्ये जेठीले १८ माना चामल, सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनुपर्ने प्रचलन रहेको सचिव घर्तीमगरले बताउनुभयो । उहाँका अनुसार मृतकको परिवारबाट पनि सोहीअनुसार मावली र माइतीघरमा पठाउने गरिन्छ । त्यसरी पठाएको कोसेली दाजुभाइ मिलेर बाँड्ने र त्यसबापत नगद दक्षिणा दिने चलन छ ।

    “भुस पोल्ने पर्व” जन्मसंस्कारसँग पनि जोडिएको छ । पर्वको मुख्य दिन २६ गते छापे खनेपछि २७ गतेदेखि यो वर्ष छोरा जन्मिएका घरमा पुत्र बढाइँ सुरु हुने सचिव घर्तीमगरले जानकारी दिनुभयो । कात्तिक नसकिएसम्म पुत्र बढाइँ निरन्तर गरिन्छ ।

    उक्त कार्यमा गोपिचन नाच देखाउने, गाथा हाल्ने पुरानो चलन रहेको छ । जङ्गली युगबाट कृषियुगमा प्रवेश गरेको दिनलाई मगरका पुर्खाले भुस पोल्ने पर्वका रूपमा मनाउँदै आएका स्थानीय बताउँछन् ।

    ताराखोला गाउँपालिका–२ का वडाध्यक्ष भद्र घर्तीमगरले यो अर्गलवासीको सबैभन्दा ठुलो पर्व रहेको बताउनुभयो । श्रमसंस्कृतिको सम्मानसँगै एकआपसमा भाइचारा र सद्भावको पर्वका रूपमा यसलाई लिने गरिएको उहाँले उल्लेख गर्नुभयो ।

    पर्वको मुख्य दिनमा शङ्खु (मुल) घरलाई फेरो मार्दै गाउँलेले गीतगाथा हाल्ने गर्छन् । हातमा राँको, जाँडको ठेकी र लेकाली कटुसको स्याउला नचाउँदै नजिकैको शङ्खुबारी पुग्छन् । शङ्खुबारीको बीचमा रहेको ठुलो ढुङ्गालाई सहकालका देउता मानेर पुज्छन् । गुरुबा र गाउँका अगुवाले ढुङ्गाछेउँ लिङ्गो ठड्याउँछन्, धुपबत्ती गर्छन् र जाँड चढाउँछन् । प्रकृतिका देउता “शङ्खु” को प्रतिकस्वरूप मूलघर र बारीलाई शङ्खु भनेर चिनिन्छ । यो विधिपछि अविवाहित युवा हातमा कोदालो लिएर शङ्खुबारीमा दौडन्छन्, युवतीलाई डाक्छन् । युवती पनि कोदालोसहित शङ्खुबारी आउँछन् । पाका र विवाहितले अघिअघि बिउ छर्छन्, अविवाहित युवायुवती मिलेर शङ्खुबारीमा मेलो खन्न सुरु गर्छन्, जसलाई परम्परागत रूपमा “छापे खन्ने” भनिन्छ । मेलो सकिएपछि युवायुवती एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् ।

    अन्तिममा सँगै कोदालो उठाउँदै खुसी साट्छन्, खेती लगाएको सन्देश दिन्छन्’ वडाध्यक्ष घर्तीमगरले भन्नुभयो ।
    कात्तिक २४ गते अर्गलको शङ्खुबारीमा भुस पोलेपछि ताराखोलाको हिलमा सोही दिन राति र तारागाउँमा अर्को दिन बिहान भुस पोल्न चलन रहेको वडाध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो । पहिलेपहिले अर्गललमा भुस पोलेको धुँवा देखेपछि गाउँभरिका किसानले खेती सुरु गर्ने चलन रहेको बुढापाका बताउँछन् ।

    पछिल्लो समय भुस पोल्ने पर्वको प्रवर्द्धन गरिरहेको अर्गल खेलकुद विकास मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले यस पर्वले ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको उल्लेख गर्नुभयो । केही वर्षयता पर्वको अवसरमा मञ्चले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

    मगर समुदायको मौलिक पर्वमा विविधता थप्ने प्रयास गरिएको अध्यक्ष क्षेत्रीको भनाइ छ । पन्धौँ शताब्दीतिर पाल्पाको अर्गलीबाट आएका मगरहरू अर्गलमा र डोल्पाको भोटबाट आएका मगरका पुर्खा तारागाउँमा बसोबास गरेका पाइन्छन् ।

    बाह्रमगरातमा पर्ने पाल्पा अर्गलीबाट आएका मगरले आफूसँगै “भुस पाल्ने पर्व” पनि लिएर आएको गाउँका अगुवा बताउँछन् । बास र खेती लगाउने ठाउँको खोजीमा आएका उनीहरू अर्गलमा आई खोरिया खनेर थातथलो बसाएका थिए । त्यसरी नयाँ ठाउँमा आउँदा बाटोमा कुनै दुःखकष्ट नहोस्, कसैले केही नगरोस् भनेर “बाटो हिँड्ने बटुवा सबै मेरा माइती” भन्दै गीत गाउँदै आएको कथन छ ।

    अर्गलमा पुन, पुलिसा, ओसासा र नाउसा थरका घर्तीमगर बस्छन् । उनीहरूले सदियौँ पुराना संस्कार र संस्कृतिलाई जोगाएका छन् । ताराखोला क्षेत्रमा ऐतिहासिक “भुस पोल्ने पर्व” सँगै सिस्नो खोस्ने, असारे, भदोरै जस्ता मेला, पर्व प्रचलित छन् । (रासस)

    मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.