बागलुङबजार । बागलुङ निसीखोलामा प्रगतिशील देउसीभैलो समापन सांस्कृतिक कार्यक्रमसँगै समापन गरिएको छ ।
राष्ट्रिय जनमोर्चा निसीखोला गाउँ समितिको आयोजनामा २०८१ कात्तिक २४ गते शनिबार जुग्जाखोलामा कार्यक्रम समापन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि राजमो बागलुङका अध्यक्ष तिलक थापा, विशिष्ट अतिथि राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे र राजमो निसीखोलाका सल्लाहकार प्रगति बुढाले मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा राजमो केन्द्रीय सदस्य बेदिलाल सापकोटा, जिल्ला उपाध्यक्ष खिमविक्रम शाही, जिल्ला सचिव भीमलाल पोखरेल, अखिल नेपाल शिक्षक सङ्घ बागलुङका अध्यक्ष मित्रदत्त ढकाललगायत जिल्ला तथा पालिका स्तरीय नेताको आतिथ्य रहेको थियो ।
राजमो निसीखोलाका अध्यक्ष थमन घर्तीको अध्यक्षता, सचिव लालबहादुर सिँजालीको सञ्चालन र सबराज छन्त्यालको स्वागत मन्तव्यसँगै उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक परिवारका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
तिहारको कात्तिक १५ गतेदेखि सञ्चालन गरिएको प्रगतिशील देउसीभैलोको शनिबार समापन गरिएको हो ।
