काठमाडौँ । राष्ट्रिय सहकारी अभियानको अध्यक्षमा गङ्गालाल सापकोटा (रुपन्देही) तथा महासचिवमा रमेश पौडेल (काठमाडौँ) चयन हुनुभएको छ ।
२०८१ कात्तिक २४ गते बुटवलमा सम्पन्न दोस्रो राष्ट्रिय भेलाले अभियानको नयाँ समिति चयन गरेको हो ।
दुई रिक्तसहित १९ सदस्यीय केन्द्रीय समितिको उपाध्यक्षमा चन्द्र बन्जाडे (अर्घाखाँची), सचिवमा लोकेन्द्र सुनार (प्युठान) र कोषाध्यक्षमा थानेश्वर सुवेदी (बागलुङ) चयन हुनुभएको छ ।त्यसैगरी समितिको सदस्यमा शुक्र भण्डारी (दाङ), कृष्णबहादुर विष्ट (मकवानपुर), कमला बन्जाडे (रुपन्देही), केरसिंह अदै (कपिलवस्तु), बलदेव विक (दाङ), राजकुमार चौधरी (कैलाली), वीरेन्द्र मिदुन (पाल्पा), कुलदीप जिसी (प्युठान), श्यामलाल पन्थ (गुल्मी), नरहरि पुरी (चितवन), कविराम भट्टराई (रुपन्देही) र विष्णु शर्मा (सुर्खेत) रहनुभएको छ ।
समितिको सचिवालयमा गङ्गालाल सापकोटा, चन्द्रप्रसाद बन्जाडे, रमेश पौडेल, लोकेन्द्र सुनार र शुक्रराज भण्डारी रहनुभएको छ ।
त्यस्तै, भेलाले सल्लाहकारमा भैरवराज रेग्मी, मनोज भट्ट, लीलबहादुर केसी तथा कानुनी सल्लाहकारमा चुरामणि भुसाललाई चयन गरेको छ ।