काठमाडौँ । अवसर बचत तथा ऋण सहकारीको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डा. कौशिला रिसालको प्रमुख आतिथ्यमा २०८१ कात्तिक २४ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई वामपन्थी नेता आनन्द शर्मा र नीलगङ्गा बचत तथा ऋण सहकारीका सुरेश ढकालले शुभकामना दिनुभएको थियो ।
अवसर सहकारीका अध्यक्ष भोला ढकालको अध्यक्षता तथा उद्धवहरि भट्टराईको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई रमेश पौडेलले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, ऋण उपसमितिको प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको थियो ।
अध्यक्षमा भट्टराई
साधारणसभाले उद्धवहरि भट्टराई अध्यक्ष रहनुभएको सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा तुलसीनारायण श्रेष्ठ, सचिवमा चपला ढकाल, कोषाध्यक्षमा लक्ष्मण बोगटी तथा सदस्यहरूमा सुधा शर्मा, नानुका ढकाल र छवि खनाल रहनुभएको छ ।
सभाले जगतप्रसाद रेग्मी संयोजक तथा चिन्तामणि पौडेल र सुगीता शाह सदस्य रहनुभएको लेखा तथा सुपरीवेक्षण समिति पनि चयन गरेको छ ।
नयाँ समितिलाई अधिवक्ता पदम रोका र विष्णुहरि देवकोटाले बधाई दिनुभएको थियो ।