• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

अर्घाखाँची भूमिकास्थान घटनाप्रति राजमोद्वारा दुःख प्रकट


  •   मङ्गलबार, कार्तिक २०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीको भूमिकास्थानमा कात्तिक १९ गते भएको घटनाप्रति दुःख प्रकट गरेको छ ।

    Advertisement

    उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८१ कात्तिक २० गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै राजमोले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेका लागि तत्कालै निःशुल्क उपचारको माग गरेको हो ।

    राजमोले सो घटनाको तत्कालै छानबिन गर्न तथा यातायात सुरक्षाको सवालमा ठोस कदम उठाउन पनि सरकार तथा प्रशासनसित माग गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “हिजो २०८१ कात्तिक १९ गते अर्घाखाँची भूमिकास्थान घटनामा दुई जनाको मृत्यु भएको र ३५ जना घाइते भएकोप्रति राष्ट्रिय जनमोर्चाले दुःख प्रकट गर्दछ । हाम्रो पार्टी घटनामा ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तव्त परिवारप्रति समवेदना तथा घाइतेको तत्कालै निःशुल्क उपचारको माग गर्दछ ।

    उक्त घटना कसरी भयो ? बस एकाएक सोही स्थानमा कसरी अनियन्त्रित भयो ? जसले गर्दा देउसीभैलो खेलिरहेका त्यति धेरै जनता त्यसको चपेटामा आए ? यस सम्बन्धमा प्रशासनले तत्कालै गम्भीर छानबिन गर्नुपर्ने आवश्यकतामा राष्ट्रिय जनमोर्चाले जोड दिन्छ । आगामी दिनमा यस खालको दुर्घटना हुन नदिनका लागि यातायात सुरक्षाको क्षेत्रमा ठोस कदम उठाउन पनि सरकार र सम्बन्धित प्रशासनसित हाम्रो पार्टीले माग गर्दछ ।”

    सोमबार साँझ ५ बजेतिर भएको उदयठाँटीको बस दुर्घटनामा भूमिकास्थान नगरपालिकाअन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार सहायक तारा श्रेष्ठसहित दुई जनाको मृत्यु भएपछि नगरपालिकाले आज मङ्गलबार शोकविदा दिएको थियो ।

    खिल्जी र असुरकोटको सङ्गमस्थल उदयठाँटीमा देउसीभैलो नाचिरहेको अवस्थामा अनियन्त्रित ढङ्गबाट आएको बसले ठक्कर दिदा भएको हृदयविदारक घटनामा नगरपालिकाको कर्मचारीसहित भूमिकास्थान–१ निवासी रुनी खनालको पनि मृत्यु भएको थियो ।

    घटनामा परी खनालको घटनास्थलमै र श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो ।

    घटनामा परेर ३५ जना घाइते भएका छन् । गम्भीर अवस्थाका १० जनाको बुटवलमा उपचार चलिरहेकोमा १ जना डिस्चार्ज भएका छन् । अन्य २५ जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । त्यसमध्ये सात जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

    घटनामा मृत्यु भएका दुई जनाको शव परीक्षणका लागि अर्घाखाँची अस्पतालमा राखिएको छ ।

    प्युठानबाट भैलो खेल्ने टोली बोकेर खिल्जी आएको ना३ ख२४७१ नम्बरको बस सोमबार साझ भैलो नाँचिरहेको मेलामै ब्रेक फेल हुँदा अनियन्त्रित भई घटना घटाएको दाबी गरिएको छ ।

    घटनापछि बसचालक फरार छन् । ब्रेक फेल भनिए पनि दुर्घटनाको खास कारण पुष्टि हुन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    मङ्गलबार, कार्तिक २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.