• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

अर्घाखाँची भूमिकास्थान घटनाप्रति राजमोद्वारा दुःख प्रकट


  •   मङ्गलबार, कार्तिक २०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीको भूमिकास्थानमा कात्तिक १९ गते भएको घटनाप्रति दुःख प्रकट गरेको छ ।

    Advertisement

    उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८१ कात्तिक २० गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै राजमोले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेका लागि तत्कालै निःशुल्क उपचारको माग गरेको हो ।

    राजमोले सो घटनाको तत्कालै छानबिन गर्न तथा यातायात सुरक्षाको सवालमा ठोस कदम उठाउन पनि सरकार तथा प्रशासनसित माग गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “हिजो २०८१ कात्तिक १९ गते अर्घाखाँची भूमिकास्थान घटनामा दुई जनाको मृत्यु भएको र ३५ जना घाइते भएकोप्रति राष्ट्रिय जनमोर्चाले दुःख प्रकट गर्दछ । हाम्रो पार्टी घटनामा ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तव्त परिवारप्रति समवेदना तथा घाइतेको तत्कालै निःशुल्क उपचारको माग गर्दछ ।

    उक्त घटना कसरी भयो ? बस एकाएक सोही स्थानमा कसरी अनियन्त्रित भयो ? जसले गर्दा देउसीभैलो खेलिरहेका त्यति धेरै जनता त्यसको चपेटामा आए ? यस सम्बन्धमा प्रशासनले तत्कालै गम्भीर छानबिन गर्नुपर्ने आवश्यकतामा राष्ट्रिय जनमोर्चाले जोड दिन्छ । आगामी दिनमा यस खालको दुर्घटना हुन नदिनका लागि यातायात सुरक्षाको क्षेत्रमा ठोस कदम उठाउन पनि सरकार र सम्बन्धित प्रशासनसित हाम्रो पार्टीले माग गर्दछ ।”

    सोमबार साँझ ५ बजेतिर भएको उदयठाँटीको बस दुर्घटनामा भूमिकास्थान नगरपालिकाअन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार सहायक तारा श्रेष्ठसहित दुई जनाको मृत्यु भएपछि नगरपालिकाले आज मङ्गलबार शोकविदा दिएको थियो ।

    खिल्जी र असुरकोटको सङ्गमस्थल उदयठाँटीमा देउसीभैलो नाचिरहेको अवस्थामा अनियन्त्रित ढङ्गबाट आएको बसले ठक्कर दिदा भएको हृदयविदारक घटनामा नगरपालिकाको कर्मचारीसहित भूमिकास्थान–१ निवासी रुनी खनालको पनि मृत्यु भएको थियो ।

    घटनामा परी खनालको घटनास्थलमै र श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो ।

    घटनामा परेर ३५ जना घाइते भएका छन् । गम्भीर अवस्थाका १० जनाको बुटवलमा उपचार चलिरहेकोमा १ जना डिस्चार्ज भएका छन् । अन्य २५ जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । त्यसमध्ये सात जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

    घटनामा मृत्यु भएका दुई जनाको शव परीक्षणका लागि अर्घाखाँची अस्पतालमा राखिएको छ ।

    प्युठानबाट भैलो खेल्ने टोली बोकेर खिल्जी आएको ना३ ख२४७१ नम्बरको बस सोमबार साझ भैलो नाँचिरहेको मेलामै ब्रेक फेल हुँदा अनियन्त्रित भई घटना घटाएको दाबी गरिएको छ ।

    घटनापछि बसचालक फरार छन् । ब्रेक फेल भनिए पनि दुर्घटनाको खास कारण पुष्टि हुन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    मङ्गलबार, कार्तिक २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.