खिमराज चालिसे, चन्डिगढ ।
भारतको हरियाणा हिसारमा २०८१ सालको प्रगतिशील देउसीभैलोको कार्यक्रम सम्पन्न भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसारको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
देउसीभैलोको उद्घाटन मूल प्रवाह केन्द्रीय सदस्य तारा सोमरेले मैनबत्ती बालेर नोभेम्बर २, २०२४ का दिन सम्पन्न भएको थियो ।

कार्यक्रममा केन्द्रीय परिषद् सदस्य केहरसिंह घर्तीमगर, क्षेत्रीय सदस्यहरू लालबहादुर चुँदाली, ओमप्रकाश तिवारी, क्षेत्रीय महिला विभागकी सेती राना, चन्द्रा सोमरे, कमला बगाले, रक्तिमका योगेन्द्र दर्लामी, समताका कुसुम सोनी, जनजाति नगरका मनबहादुर घर्तीमगर, रक्तिमका दीपा लम्तरी, विद्यार्थी सङ्घका योगिता थापा, मूल प्रवाह सिटी एबाट कमल क्षेत्री, सिटी बीबाट अनिल रास्कोटी, औद्योगिक एरियाबाट रामु भुर्तेललगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा सुरेश क्षेत्रीको अध्यक्षता, नारायण विकको सञ्चालन र नन्दबहादुर लम्तरीको स्वागत मन्तव्य रहेको थियो ।
प्रगतिशील देउसीभैली तथा सांस्कृतिक कार्यक्रमको सञ्चालन योगेन्द्र दर्लामीले गर्नुभएको थियो ।

