काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरिएको विषयलाई चीनले साथ दिएको भन्दै दुवै साम्राज्यवादी मुलुक स्वार्थ मिलेका कारण एक ठाउँमा आएको बताएको छ ।
Advertisement
अध्यक्ष दुर्गाबहादुर केसीले बुधबार विज्ञप्ति प्रकाशित गरी चीनले लिपुलेक नेपालकै भूमि भएको स्विकार गर्दै आएको सन्दर्भमा भारतसँग स्वार्थ मिलेपछि अतिक्रमणलाई साथ दिएको आरोप लगाउनुभएको छ ।
केही समय अघि भारत र चीनले लिपुलेकलाई द्विपक्षीय व्यापारका विन्दु बनाउने सहमति गरेका थिए । नेपाली भूमिमा नेपाललाई नै जानकारी नदिई गतिविधि गरिएकोमा नेपालमा त्यसको व्यापक विरोध हुँदै आएको छ । हालै भारतले चीनको मानसरोबर जाने बाटो नेपाली भूभागमै निर्माण गरेको छ ।
नेकपा(मसाल) र मसाल निकट संगठनहरुले चीन र भारत दुवै देशलाई साम्राज्यवादी देश मान्दै आएका छन् ।
