खिमराज चालिसे, चन्डिगढ (भारत) ।
Advertisement
भारतको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर समितिले प्रगतिशील देउसीभैलो उद्घाटन भएको छ ।
अक्टोबर ३०, २०१४ का दिन २०८१ सालको प्रगतिशील देउसीभैलो कार्यक्रम उद्घाटन गरिएको हो ।
मूल प्रवाहका केन्द्रीय सदस्य एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका सचिव कुलबहादुर बगालेले उक्त भैलोको उद्घाटन गर्नुभएको थियो ।
देउसीभैलो कार्यक्रम जालन्धरस्थित नेपाली जनताको घरदैलोमा पुगी भाइटीकाको दिनसम्म खेलिने योजना रहेको आयोजकले जानकारी दिएको छ।
दुईओटा टिममा विभाजन गरी खेलिने देउसीभैलोको ए टिम जितमन थापाको नेतृत्वमा र बी टिम धनबहादुर गोर्खालीको नेतृत्वमा खेलिने भएको छ ।
उद्घाटन कार्यक्रममा जितमान थापाको अध्यक्षता, लक्ष्मी थापाको सञ्चालन र लक्ष्मण खड्काको स्वागत मन्तव्य रहेको थियो ।


