काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार थुमराज ढुङ्गाना ‘सरगम’ ले “भ्रष्टाचार” शीर्षकमा अडियो एलबम ल्याएका छन् ।
२०८१ कात्तिक १३ गते मङ्गलबार आफ्नै युट्युब च्यानलबाट उनले सो एल्बम सार्वजनिक गरेका हुन् ।
एलबममा स्वर थुमराज ढुङ्गाना र केशरी घर्तीमगरको छ । गीतको शब्द र सङ्गीत पनि थुमराजकै छ ।
सङ्गीत संयोजन भने रक्तिमका महासचिवसमेत रहेका हेमराज आश्रमले गरेका छन् ।
चार मिनेट १० सेकेन्ड लामो गीतका चारओटा अन्तराहरू रहेका छन् ।
यस्तो गीत :
भ्रष्टाचारले लुटिएको यो हाम्रो देश
क्यारी विकास हुन्छ र खै यो हाम्रो देश
विकास निर्माणबाट पनि ठगी खान्छन्
बेरोजगार युवा जति विदेशै जान्छन्
नोकरशाह र नेता मिली लुटि खान्छन्
राजनीति पेसा होइन देशको सेवा हो
लुटी खाने फोहोरी पेसा भो
गणतन्त्र आउँदा पनि लुटतन्त्र यो
कर्मचारी नेताबाट ब्रह्मलुट भो
चुनावमा जुका झैँ जनता सल्बलाउने
जसले पैसा दिन्छ उसैलाई जिताउने
जनताई बाँडेको चुनावको खर्च
भ्रष्टाचार गरेर धन थुपार्नुपर्छ
तलबभन्दा भत्ता धेरै ढुकुटी रित्याइन्छ
थोरै रकम विकासमा छुट्टाइन्छ
ठेकेदार कर्मचारी नेता नै अघाउने
को होलान् निस्वार्थी नेपाल बनाउने

