काठमाडौं । काठमाडौं र भक्तपुरमा पनि कोरोना संक्रमित भेटिएका छन् । मंगलबार एकैदिन उपत्यकामा ३ जनासहित ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Advertisement
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार पछिल्लो पटक २६ संक्रमित फेला परेका हुन् । यसअघि मंगलबार नै ५७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो पटक पर्साका १८, धनुषाका दुई, भक्तपुरका २, काठमाडौँ र सर्लाही एकएक जना संक्रमित फेला परेका हुन् ।
