काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सुरु गरेको छ ।
Advertisement
दिइएको म्यादभित्र बक्यौता तिर्न नआएपछि लाइन काट्न थालेको प्राधिकरण स्रोतले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय बिहीबार (कात्तिक ८ मा) सकिएपछि लाइन काट्न सुरू गरेको हो।
रकम नतिरी अटेरी गरी बस्ने सबै उद्योगको लाइन काट्ने प्राधिकरणका एक अधिकारीले बताए ।
गत असोज २४ गते फूलपातीका दिन प्राधिकरणले एक सूचना प्रकाशित गरी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गर्दै सो समयभित्र नबुझाए कानुनी प्रक्रिया थालिने चेतावनी दिएको थियो।
विद्युत् प्राधिकरणले ६ अर्ब ४३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ।