टेकराज भुसाल, नुवाकोट ।
Advertisement
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको आयोजनामा मेयर कप भलिबल प्रतियोगिता हुने भएको छ ।
मेयर कप प्रतियोगिता आगामी २०८१ कात्तिक १३ र १४ गते हुन लागेको हो ।
नगरपालिकाको वडा नम्बर ७ को चिदिचौरमा आयाजित उक्त प्रतियोगितामा नगरपालिकाका १० ओटा वडाबाट दशओटै टिमले सहभागिता जनाउने नगरप्रमुख झविलाल थापाले बताउनुभयो ।
नगरप्रमुख थापाका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
