काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो ।
Advertisement
कोषमा विभिन्न सङ्घसंस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । त्यस्तै, व्यक्तिगत रूपमा पनि कोषमा रकम जम्मा भएको छ ।
सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ । बिपत् प्रभावितलाई सहज रूपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ ।